समालोचनात्मक शिक्षणको कार्यान्वयनका सम्बन्धमा माध्यामिक तहका शिक्षकहरूको धारणा तथा विचार

Authors

  • डा. राजेन्द्र कुमार शाह त्रिभुवन विश्वविद्यालय, सानोठिमी क्याम्पस https://orcid.org/0000-0003-0533-1338

DOI:

https://doi.org/10.3126/irj.v4i2.91136

Keywords:

नवउदारवाद, सामाजिक रूपान्तरण, शिक्षण सिकाइ, चेतना, अभ्यास, आशा, मुक्ति, संवाद

Abstract

नवउदारवाद एक्काइसौँ शताब्दीको प्रमुख विचारधारा हो, जसले मानव जीवनका लगभग सबै क्षेत्रलाई, विशेषतः शिक्षा प्रणालीलाई, गहिरो रूपमा प्रभावित गरिरहेको छ । यसले नेपालसहित विश्वका धेरै देशहरूको शिक्षालाई यान्त्रिक जनशक्ति उत्पादनतर्फ मोड्दै समाज रूपान्तरणको उद्देश्यबाट विमुख गराएको छ । यस्तो अवस्थामा शिक्षण सिकाइलाई परिवर्तनशील बनाउन र नवउदारवादी उत्पीडनको प्रतिरोध गर्न समालोचनात्मक शिक्षणशास्त्र प्रभावकारी साधन हुन सक्छ । त्यसका लागि शिक्षकहरू स्वयमले यस शिक्षणशास्त्रको अभ्यास गर्नुृ जरूरी छ । यस अध्ययनको उद्देश्य ‘समालोचनात्मक शिक्षणशास्त्र’ शीर्षकमा शोधपत्र लेखेका शिक्षकहरूले यस विषयमा प्राप्त गरेका ज्ञान, सीप र धारणा पत्ता लगाउनु थियो । तसर्थ गुणात्मक विधिमा आधारित यस अध्ययनका लागि त्रिभुवन र काठमाडौं विश्वविद्यालयका एम एड, एम फिल, र पीएच डी तह पूरा गरेका १८ जना माध्यामिक तहका शिक्षकहरूलाई उद्देश्यपूर्ण नमूना छनोट विधिबाट नमूना छनोट गरिएको थिए । प्रत्येकलाई १५ दिनभित्र प्रतिबिम्बात्मक नोट लेख्न अनुरोध गरिएको थियो । सहभागिहरूको नोटबाट प्राप्त कोडहरूको आधारमा ३ वटा मुख्य विषयवस्तुहरू र १३ वटा उपशीर्षकहरू विकास गरिएको थियो । अन्तमा, यी सबै शीर्षक तथा उपशीर्षकहरूलाई अर्थका आधारमा नामाकारण गरिएको थियो । यस अध्ययनले के देखाएको छ भने, समालोचनात्मक शिक्षणशास्त्रको अध्ययन पछि यस अध्ययनका सहभागी शिक्षाकर्मीहरू मूलधारको शिक्षण सिकाइ प्रक्रियाप्रति सचेत भएका छन् । उनीहरूले समालोचनात्मक शिक्षणशास्त्रको अध्ययन गर्नु अघि कहिल्यै पनि विद्यमान शिक्षा प्रणालीलाई प्रश्न गर्ने सोच आफूमा विकास नभएको र यस विषयको अध्ययनपछि मात्र उनीहरूमा समालोचनात्मक चेतना विकसित भएको र त्यसअनुसार व्यवहारमा परिवर्तन गर्न थालेको पाइएको छ । त्यसका साथै, उनीहरूले साना–साना कदमबाट भए पनि मूलधारको प्रणालीप्रति प्रतिरोध गर्न थालेका छन् र भविष्यप्रति आशावादी बनेको धारणा व्यक्त गरेका छन् । यसका साथै अध्ययनले देखाएको छ भने समालोचनात्मक शिक्षणशास्त्रमा साँच्चिकै रूपान्तरणकारी शक्ति निहित छ, र शिक्षकहरूलाई रूपान्तरणशील बौद्धिक व्यक्तित्वका रूपमा विकास गर्न यसप्रकारको शिक्षणशास्त्रको अति आवश्यकता छ ।

Downloads

Download data is not yet available.
Abstract
0
PDF
0

Author Biography

डा. राजेन्द्र कुमार शाह, त्रिभुवन विश्वविद्यालय, सानोठिमी क्याम्पस

सह–प्राध्यापक, शिक्षा विभाग
त्रिभुवन विश्वविद्यालय, सानोठिमी क्याम्पस
ORCID: 0000-0003-0533-1338
Scopus Author ID: 58555155900
WOS Researcher ID: ADK-6754-2022
SciProfiles: 4692327

Downloads

Published

2026-02-21

How to Cite

शाह ड. र. क. (2026). समालोचनात्मक शिक्षणको कार्यान्वयनका सम्बन्धमा माध्यामिक तहका शिक्षकहरूको धारणा तथा विचार. Innovative Research Journal, 4(2), 79–106. https://doi.org/10.3126/irj.v4i2.91136