आधारभूत तहका खस भाषी विद्यार्थीहरूको वाक्यगठनमा क्रियाको प्रयोग
DOI:
https://doi.org/10.3126/irj.v4i2.91133Keywords:
अभिव्यक्त, क्रियापद, खस, निर्माण, वाक्यAbstract
प्रस्तुत लेख आधारभूत तहका खस भाषी विद्यार्थीहरूको वाक्यगठनमा क्रिया प्रयोगको अवस्था पहिचानमा केन्द्रित रहेको छ । गुणात्मक ढाँचामा सम्पन्न भएको अध्ययनमा उद्देश्यमूलक सहभागी छनौट विधिबाट आधारभूत तह कक्षा पाँचमा अध्ययनरत दशजना विद्यार्थीहरूलाई सहभागीको रूपमा छनौट गरिएको छ । सहभागीबाट सङ्कलन गरिएका तथ्यलाई थिम्याटिक रुपमा अध्ययन विश्लेषण गरिएको छ । खस भाषी विद्यार्थीहरूको वाक्यगठन कस्तो रहेको छ ? वाक्य गठन गर्दा कस्ता क्रियापदहरूको प्रयोग गद्र्छन्? आदि अनुसन्धान प्रश्नहरूको निराकरण गरिएको छ । खस भाषी विद्यार्थीहरूले वाक्यगठन गर्दा प्रयोग गर्ने क्रियाहरूको पहिचान गर्नु र वाक्य गठनमा कालगत आधारमा त्रुटिको क्षेत्र पहिचान गर्नु जस्ता अनुसन्धानका उद्देश्य राखिएको छ । स्थलगत अध्ययनमा आधारित अनुसन्धानमा प्राप्त तथ्यलाई वाक्यमा प्रयोग भएका क्रियाहरूको कालिक पक्षका आधारमा विश्लेषण गरिएको छ । सबैभन्दा धेरै त्रुटि भूतकालीन क्रियापदमा देखिएको र वर्तमान तथा भविष्यतकालीन क्रियापदमा सामान्य त्रुटि गरेको पाइएको छ । विद्यार्थीहरूले कालका सामान्य पक्षसँग सम्बन्धित वाक्यात्मक अभिव्यक्ति धेरै दिएका र अपूर्ण तथा पूर्ण पक्षसँगका क्रियाले बनेका वाक्यहरूको प्रयोग कमै गरेको पाइएको छ । अध्ययनले खस भाषी विद्यार्थीहरूले वाक्य गठन गर्दा क्रियाको प्रयोग गर्ने क्रममा ‘थ’ वर्णको स्थानमा ‘छ’ वर्णको प्रयोग धेरै गर्ने गरेको देखिन्छ । त्यस्तै ‘ढ’ वर्णको स्थानमा ‘ड’ वर्णको बढी प्रयोग गरेको पाइएको छ । खस भाषी विद्यार्थीहरूले वाक्य निर्माणमा क्रियापदको प्रयोग गर्दा त्रुटिहरू गर्ने गरेको र त्यस किसिमका त्रुटिहरू निराकरणका लागि त्रुटिका कारणहरू पहिचान गरी सोही अनुसारका ठोस क्रियाकलापहरू अपनाइ शिक्षण कलामा समेत सुधार गरेरमा क्रियाको सही प्रयोग हुने निष्कर्ष अनुसन्धानबाट प्राप्त भएको छ ।