नेपाली मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको व्याकरणिक प्रयोग क्षमता

Authors

  • Ravindra Kumar Yadav Graduate School of Education

DOI:

https://doi.org/10.3126/irj.v4i1.79526

Keywords:

भाषातत्व, मातृभाषी, विमातृभाषी, व्याकरणिक क्षमता

Abstract

प्रस्तुत अनुसन्धान नेपाली मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको व्याकरणिक प्रयोग क्षमता अध्ययनमा केन्द्रित रहेको छ । यस अध्ययनमा नेपाली मातृभाषी र विमातृभाषी विद्यार्थीको व्याकरणिक प्रयोग क्षमताको अध्ययन गर्नुलाई मूल उद्देश्यका रूपमा लिइएको छ । यसमा तथ्याङ्क सङ्कलन गर्दा तथ्याङ्कीय र वर्णनात्मक विधिको प्रयोग गरिएको छ भने पुस्तकालयीय अध्ययनलाई समेत आधार मानिएको छ । तथ्याङ्क सङ्कलन गर्नका लागि प्रश्नपत्र निर्माण पश्चात परीक्षा लिई प्राप्त उत्तरपुस्तिकाको परीक्षण गरी प्राप्ताङ्कलाई एसपीएसएस प्रोग्राममा प्रविष्ट गरी आवश्यक विभिन्न स्वतन्त्र चरको आधारमा टि टेस्ट गरियो । त्यसबाट प्राप्त नतिजालाई तालिकीकरण गरी व्याख्या विश्लेषण गरिएको छ । परीक्षाबाट प्राप्त नतिजाको आधारमा मातृभाषी र विमातृभाषी नेपाली विद्यार्थीहरूमा सामान्यतया व्याकरणिक क्षमतामा फरक हुने कुरा अनुमान गरिएकोमा मध्यमानले फरक नै हुने देखाए तापनि टी टेस्ट गर्दा दुबैको फरकपन सिग्निफिकेन्ट नरहेकोले यस अध्ययनको अनुमान सार्थक नभएको देखिन्छ । अर्थात् यस अध्ययनले मातृभाषा वा विमातृभाषी नेपाली विद्यार्थीहरूको व्याकरणिक क्षमतामा कुनै फरक नरहेको कुरा प्रस्ट गर्दै मातृभाषाले व्याकरणको सिकाइ वा व्याकरणिक क्षमतामा कुनै असर नपर्ने कुरा देखाएको छ ।

Downloads

Download data is not yet available.
Abstract
101
PDF
49

Downloads

Published

2025-06-03

How to Cite

Yadav, R. K. (2025). नेपाली मातृभाषी र विमातृभाषी विद्यार्थीहरूको व्याकरणिक प्रयोग क्षमता. Innovative Research Journal, 4(1), 162–173. https://doi.org/10.3126/irj.v4i1.79526

Issue

Section

Articles