एक रात कथामा वैयक्तिक मनोविज्ञान
DOI:
https://doi.org/10.3126/irj.v4i1.79518Keywords:
कल्पित प्रयोजनवाद, जीवनशैली, लक्ष्य, सामाजिक अभिरुचि, सिर्जनात्मक स्व, हीनताAbstract
प्रस्तुत लेखमा कथाकार विश्वेश्वरप्रसाद कोइरालाको ‘एक रात’ कथालाई कलात्मक पाठका रूपमा लिई त्यसका पात्रमा प्रयुक्त एडलरको वैयक्तिक मनोविज्ञानका सामाजिक पक्षको विश्लेषण र मूल्याङ्कन गरेर उक्त कथाको मूल्य निरूपण गरिएको छ । कथाका पात्रका कार्य तथा उनीहरूका समस्या र सामथ्र्यलाई वैयक्तिक मानसिकताका आधारमा निक्र्यौल गर्न सकिन्छ । यस क्रममा पात्रका विशिष्ट मनोरचनाले सामाजिक अन्तरक्रियामा पार्ने प्रभाव र जीवनको सही मार्गचित्र पहिचान गरी त्यसतर्फ अघि बढ्ने प्रेरणा दिएको हुन्छ । वैयक्तिक मनोविज्ञान भनेको अल्फ्रेड एडलरले स्थापना गरेको व्यक्तित्वको विश्लेषण हो जसमा व्यक्तिले सोच्ने, अनुभूत गर्ने र व्यवहार गर्ने तरिकाको अध्ययन गरिन्छ । व्यक्तिमा देखिने यस्ता पृथक् ढाँचाले नै उसलाई अद्वितीय व्यक्तित्व प्रदान गरेको हुन्छ । ‘एक रात’ कथामा एडलरको वैयक्तिक मनोविज्ञान कुन कुन पात्रमार्पmत कसरी अभिव्यञ्जित भएको छ भन्ने समस्यामा केन्द्रित रहेर प्रस्तुत अध्ययनले जीवनको लक्ष्यप्राप्तिका निम्ति गरिने प्रयासहरूको अन्तर्सम्बन्धबाट उक्त कथाका पात्रहरूका चिन्तन र व्यवहारमा देखिने मनोविज्ञानको कारण र परिणाम मूल्याङ्कन गर्नु यस लेखको उद्देश्य हो । यसमा कथाको वैयक्तिक मनोविज्ञानपरक विश्लेषणका निम्ति मूल रूपमा मनोवैज्ञानिक एडरल (सन् १९४० र सन् १९९७) ले स्थापना गरेका वैयक्तिक मनोविज्ञानका आधारभूत मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा अवलम्बन गरी गुणात्मक अनुसन्धान पद्धतिअन्तर्गत पाठविश्लेषण विधि अवलम्बन गरिएको छ । यसमा पात्रहरूको सोच र कार्यको मूल्याङ्कनका निम्ति हीनताको अनुभूति, कल्पित प्रयोजनवाद, उच्चताका निम्ति प्रयास, सिर्जनात्मक स्व, जीवनशैली, र सामाजिक अभिरुचिको उपयोग भएको छ । ‘एक रात’ कथामा नेपालको प्रजातान्त्रिक आन्दोलनहेतु जीवन समर्पण गर्ने लक्ष्य लिएर अघि बढेको पात्र मृत्युदण्डका क्रममा समेत अविचल रहेको तर उसलाई दण्ड दिने अधिकारीहरूको मानसिकताचाहिँ आन्तरिक रूपमा विचलित, भयग्रस्त र हीनताले ग्रस्त देखिएका कारण प्रस्तुत लेखमा सामूहिक हितमा संलग्न व्यक्तिले नै लक्ष्यको पूर्णता प्राप्त गर्छ भन्ने कथाकारको समाजवादी वैचारिकता कलात्मक रूपमा अभिव्यञ्जित छ भन्ने निष्कर्ष प्राप्त भएको छ ।