गङ्गारामको न्याय एकाङ्कीमा कोशीय संसक्ति
DOI:
https://doi.org/10.3126/irj.v3i2.79489Keywords:
एकाङ्की, संसक्ति, कोशीय संसक्ति, पुनरुक्ति, सन्निधानAbstract
प्रस्तुत लेख ‘गङ्गारामको न्याय’ एकाङ्कीको संसक्तिपरक अध्ययनमा आधारित छ । यसको मुख्य उद्देश्य ‘गङ्गारामको न्याय’ एकाङ्कीमा निहित कोशीय संसक्तिको अध्ययन गर्नु रहेको छ । यसका विशिष्ट उद्देश्यअन्तर्गत ‘गङ्गारामको न्याय’ एकाङ्कीमा प्रयुक्त पुनरुक्ति संसक्ति र सन्निधान संसक्तिको पहिचान गर्नु तथा एकाङ्की निर्माणमा तिनको भूमिका विश्लेषण गर्नु रहेका छन् । दर्शनशास्त्रीय दृष्टिमा प्रस्तुत अध्ययन ज्ञानमीमांसाअन्तर्गत व्याख्यात्मक ढाँचामा आधारित रहेको छ । यस अध्ययनमा गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यसमा सोद्देश्यमूलक तरिकाले गङ्गारामको न्याय एकाङ्कीलाई अध्ययनीय कृतिका रूपमा छनोट गरिएको छ । यस अध्ययनमा निर्दिष्ट कृतिबाट प्राप्त तथ्यहरूलाई प्राथमिक स्रोतीय सामग्रीका रुपमा लिइएको छ भने संसक्ति र यससम्बद्ध अध्ययन, अनुसन्धानहरुलाई द्वितीयक स्रोतका सामग्रीका रूपमा लिइएको छ । प्रस्तुत अध्ययनमा प्राप्त तथ्यहरूलाई भाषावैज्ञानिक हालिडे र हसनद्वारा प्रस्तुत संसक्तिसम्बन्धी सैद्धान्तिक अवधारणाका आधारमा विश्लेषण गरिएको छ । यस अध्ययनका आधारमा ‘गङ्गारामको न्याय’ एकाङ्कीमा पुनरुक्ति र सन्निधान कोशीय संसक्तिको प्रयोग गरिएको, पुनरुक्तिअन्तर्गत पुनरावृत्ति, पर्यायवाची, विपरीतार्थी, समावेशी–समावेश्य र अङ्गी–अङ्ग संसक्तिको प्रयोग ज्यादा रहेको, सन्निधान संसक्तिको प्रयोग निकै कम रहेको, कोशीय संसक्तिअन्तर्गत पुनरावृत्तिको अधिक प्रयोग गरिएको, सन्निधान संसक्तिको प्रयोग अन्तर्वाक्यीय र वाक्येतर रूपमा तथा निकटस्थ र दूरस्थ रूपमा गरिएको, एकाङ्कीमा प्रयुक्त कोशीय संसक्तिले एकाङ्कीलाई संसक्त एवम् एकीकृत तुल्याउन महत्तम भूमिका निर्वाह गरेको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत अध्ययनबाट एकाङ्कीमा प्रयोग हुने कोशीय संसक्ति र त्यसको भूमिकाबारे जानकारी अधिगत गर्न सघाउन पुग्ने अपेक्षा गरिएको छ ।