शङ्कर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ निबन्धको विश्लेषण

Authors

  • सुजन सोडारी सानोठिमी क्याम्पस, भक्तपुर

DOI:

https://doi.org/10.3126/irj.v3i1.71036

Abstract

प्रस्तुत आलेख निबन्धकार शङ्कर लामिछानेद्वारा रचित ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ निबन्धको विश्लेषणसँग सम्बन्धित रहेको छ । यस लेखको उद्देश्य एब्स्ट्रयाक्ट चिन्तन प्याजको निबन्ध तत्वगत समीक्षण गर्नुरहेको छ । वस्तुतः यसको विश्लेषण गुणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरिएको छ । सामग्रीहरूलाई पुस्तकालयीय प्रक्रियाबाट संकलन गरिएको छ । निबन्धको विश्लेषण गर्दा आवश्यक प्रतिमानहरू निर्माण गरिएको छ । आजको मानिसको अवस्थाको वास्तविक यथार्थ चित्रण गर्दै मानिस र प्याजलाई तुलना गरिएको छ । आजका मानिसहरू विभिन्न परिबन्धनका सीमामा बाँधिएका छन् भने भोलिका मानिसहरू कुनै सीमामा नबाँधिएर यस विश्व जगतमा भएका सबै मानिसहरू स्वतन्त्र हुने विचार प्रस्तुत गरिएको छ । विश्वको हरेका मानिस घरेलु परिस्थितिदेखि विश्वस्तरीय विविध समस्याहरूबाट प्रभावित र प्रेरित हुन्छ । आजको मानिस समसमायिक स्थितिको बारेमा अन्योल, अकर्मण्यता, शङ्का आदि जस्ता समस्याबाट जेलिएको र यस्तै जीवन अनन्त कालसम्म यसैगरी रहिरहने भाव यस निबन्धमा प्रस्तुत गर्न खोजिएको छ । यस क्रममा निबन्ध सम्बद्ध कतिपय नवीन पक्षहरू प्राप्त भएका छन् । प्रस्तुत लेखबाट यस निबद्ध सरोकारवालाहरू सबैलाई अपेक्षित सहयोग मिल्ने विश्वास लिएको छु ।

Downloads

Download data is not yet available.
Abstract
22
PDF
14

Downloads

Published

2024-12-10

How to Cite

सोडारी स. (2024). शङ्कर लामिछानेको ‘एब्स्ट्रयाक्ट चिन्तन प्याज’ निबन्धको विश्लेषण. Innovative Research Journal, 3(1), 126–133. https://doi.org/10.3126/irj.v3i1.71036

Issue

Section

Articles