भाषिक पृष्ठभूमिका दृष्टिकोणले बहुभाषिक कक्षा व्यवस्थापन
DOI:
https://doi.org/10.3126/irj.v3i1.71034Keywords:
कक्षा व्यवस्थापन, बहुभाषिकता, भाषिक पृष्ठभूमि, शैक्षणिक सामग्री, सिकाइ सहजीकरण प्रक्रियाAbstract
प्रस्तुत भाषिक पृष्ठभूमिका दृष्टिकोणले बहुभाषिक कक्षा व्यवस्थापन शीर्षकको लेख कक्षाकोठा व्यवस्थापनको अध्ययनमा केन्द्रित छ । बहुभाषिक कक्षा व्यवस्थापनसम्बन्धी यस लेखमा गुणात्मक अनुसन्धानअन्तर्गत परिघटनामूलक ९एजभलयmभलयल० ढाँचाको प्रयोग गरिएको छ । यसमा असम्भावनायुक्त नमुना छनोट पद्धतिअन्तर्गत उद्देश्यपूर्ण छनोट विधिको प्रयोग गरी कालीकोट जिल्लाअन्तर्गत शुभकालिका गाउँपालिकाको खस, मगर खाम तथा नेपाली मातृभाषी विद्यार्थी भएका विद्यालयलाई छनोट गरिएको छ । छनोट गरिएका विद्यालयबाट कक्षा दुईमा अध्यापनरत शिक्षक अन्तर्वार्ता तथा कक्षा अवलोकनबाट तथ्य संकलन गरिएको छ । संकलित तथ्यलाई लिप्यान्तरण गरी कोडीकरण गरिएको छ । कोडीकरणबाट शैक्षणिक सामग्रीको व्यवस्थापन र सिकाइ सहजीकरण प्रक्रियाको व्यवस्थापन जस्ता दुईओटा साझा धारणा (थिम)को निर्माण गरी तथ्यको व्याख्या तथा विश्लेषण गरिएको । शिक्षक अन्तर्वार्ता तथा कक्षा अवलोकनबाट प्राप्त तथ्यलाई विश्लेषण गर्दा अध्ययन गरिएका विद्यालयमा बहुभाषिक पाठ्यक्रम ,पाठ्यपुस्तक, शिक्षण सामग्री तथा स्थानीय भाषा विज्ञको व्यवस्थापन नगरिएको तथा सिकाइ सहजीकरण प्रक्रियामा केवल परम्परागत विधि र सामान्य अनुवाद विधिको प्रयोगले मगर तथा खस मातृभाषी विद्यार्थीलाई सिकाइमा कठिनाइ उत्पन्न भएको निष्कर्ष निकालिएको छ । यस लेखबाट बहुभाषिक कक्षा व्यवस्थापन, बहुभाषिक शिक्षाका नीति निर्माता, स्वयम् अध्यापनरत शिक्षक तथा अनुसन्धातालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।