‘इन्साफ’ उपन्यासमा प्रयुक्त सामाजिक तथा भाषिक सन्दर्भको विश्लेषण

Authors

  • राजेन्द्र Rajendra खनाल Khanal शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रि.वि., कीर्तिपुर

DOI:

https://doi.org/10.3126/irj.v3i2.61806

Keywords:

लैङ्गिक सन्तुलन, भाषिक विचलन, समानान्तरता, राजनैतिक सन्दर्भ, सामाजिक परिवेश

Abstract

‘इन्साफ’ उपन्यासमा रहेका भाषिक, राजनैतिक तथा लैङ्गिक सन्दर्भको विश्लेषण गर्नु प्रस्तुत लेखको प्रमुख उद्देश्य हो । पुस्तकालयीय अध्ययन कार्यबाट तथ्य सङ्कलन गरी ‘इन्साफ’ उपन्यासलाई प्राथमिक स्रोत तथा सम्बद्ध सैद्धान्तिक पुस्तकहरूलाई द्वितीयक स्रोतका रूपमा लिइएको यस लेखमा वर्णनात्मक विधिको उपयोग गरिएको छ । विश्लेष्य उपन्यासमा प्राचीन समयदेखि पुरुषले स्त्रीमाथि शासन गर्दै आएका र प्रजातन्त्र प्राप्ति पछि तथा चेतनाको विकासका कारणले स्त्रीहरू सशक्त एवम् चेतनशील बनेको कुरा औल्याइएको छ । त्यस्तै, पुरुषहरूमा पनि स्त्रीलाई सहयात्रीको रूपमा स्वीकार गर्ने, उनीहरूलाई समान हैसियत प्रदान गर्नुपर्ने, उनीहरूका विचारहरूलाई सम्मान तथा स्वीकार गर्नुपर्ने आवश्यकता रहेको जनाइएको छ । उपन्यासमा घर व्यवहार, आर्थिक उपार्जन, सामाजिक सहभागिता जस्ता पक्षमा स्त्रीलाई समान हैसियत तथा सम्मान आवश्यक रहेको कुरा प्रस्तुत गर्दै कानुन र अधिकार व्यवस्थामा स्त्रीलाई मात्र केन्द्रबिन्दु बनाउने र पुरुषलाई पूर्णतः उपेक्षा वा बेवास्ता गर्नुलाई पात्रका माध्यमबाट नकारात्मक कार्यका रूपमा चिनाइएको छ । लैङ्गिक हिसाबले घर, समाज तथा कानुनबाट सन्तुलित भूमिका उपलब्ध गराउँदा मात्र ‘इन्साफ’ हुने जनाइएको छ । त्यसैगरी उपन्यासमा २००७ साल कालीन राजनैतिक परिवर्तन, त्यो परिवर्तन पश्चात् उत्पन्न शासनसत्ता सञ्चालन परिपाटी, मन्त्री बन्ने र अर्थहीन समय व्यतित गर्ने तथा राष्ट्रको सम्पत्तिलाई समाप्त पार्ने कार्य अगाडि जस्तै निरन्तर चलिरहेको अवस्थाप्रति लक्षित गरेका छन् । सामाजिक सुधार र जनतामा प्रगति हुनुको साटो विभिन्न पार्टीका झन्डा बोकेर समय र श्रम खेर फाल्ने परिपाटी चलेको अवस्थाप्रति व्यङ्ग्य गरिएको छ । त्यस्तै, उपन्यासमा भाषिक विचलन तथा समानान्तरताका सार्थक प्रयोग गरिएको देखिन्छ । यथेष्ट उखान टुक्काको प्रयोगले कृति प्रभावकारी बनेको पाइन्छ । कृतिभित्रको भाषामा थप आकर्षण र प्रभाव थप्नका लागि यथेष्ट आर्थी विचलनको प्रयोग गरिएको पाइन्छ । त्यस्तै, बाह्य समानान्तरताको प्रयोगबाट कृति गेयात्मक र आकर्षक बनेको देखिन्छ । यसरी नेपाली समाजको वास्तविकता उद्घाटन गर्दै आकर्षक भाषाको उपयोग गरी कृतिलाई मर्मस्पर्शी र प्रभावकारी बनाउन उपन्यासकार सफल रहेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
20
PDF
17

Downloads

Published

2023-12-31

How to Cite

खनाल Khanal र. R. (2023). ‘इन्साफ’ उपन्यासमा प्रयुक्त सामाजिक तथा भाषिक सन्दर्भको विश्लेषण . Innovative Research Journal, 3(2), 103–113. https://doi.org/10.3126/irj.v3i2.61806

Issue

Section

Articles