नेपालमा भाषिक जीवन्तता {Linguistic Vitality in Nepal}

Authors

  • Rajan Dhungana Tribhuvan University, Sanothimi Campus, Sanothimi, Bhaktapur

DOI:

https://doi.org/10.3126/ej.v4i1.86186

Keywords:

विकसित भाषा (developed language), विकासशील भाषा(developing language), लोपोन्मुख भाषा(endangered language), मृत भाषा (extinct language)

Abstract

यो अनुसन्धानमूलक लेख नेपालमा भाषिक जीवन्तताको स्थिति कस्तो छ  भन्ने प्राज्ञिक जिज्ञासाको खोजीमा केन्द्रित रहेको छ । यस अध्ययनका लागि गुणात्मक अनुसन्धान विधि र पुस्तकालयीय कार्यका आधारमा व्याख्या विश्लेषण गरी निष्कर्ष निकालिएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा  १२४ मातृभाषाहरूको उल्लेख गरेको पाइन्छ । त्यसै गरी १३ ओटा भाषाका बक्ताले नेपालको जनसंख्याको ९०.९४ प्रतिशत समेटेको देखिन्छ । त्यसमध्ये एक लाख र सोभन्दा बढी बक्तासँख्या भएका भाषाहरूको  सङ्ख्या २१ रहेको छ । यी २१ भाषाका बक्ताहरूको जनसङ्ख्या नेपालको कुल जनसङ्ख्याको ९४.९५ प्रतिशत हो । यस बाहेकको १०३ ओटा भाषा बोल्ने जनसङ्ख्याको प्रतिशत ५.०५ मात्र रहेको छ । नेपालका भाषाहरुलाई युनेस्कोका मापदण्डका साथै भाषाको स्तरगत वर्गीकरणका  आधारमा विकसित, विकासशील, सङ्कटापन्न, लोपोन्मुख र मृतभाषा गरी पाँच श्रेणीमा वर्गीकरण गरेको छ । नेपालमा दश हजार र सो भन्दा माथि एक लाखभन्दा कम जनसङ्ख्या भएका भाषाहरू ३६ ओटा र दस हजारभन्दा कम एक हजारसम्म जनसङ्ख्या भएका भाषाहरू ४४ ओटा छन् । साथै एक हजारभन्दा कम जनसङ्ख्या भएका भाषाहरू २३ ओटा रहेको पाइन्छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन, राष्ट्रिय तथ्याङ्क कार्यलय, २०८० अनुसार मातृभाषाअनुसारको जनसंख्याको विवरण अनुसार नेपालका  १०३ ओटा भाषाहरुको संरक्षण, विकास र पुनरुत्थानका लागि बहुआयामिक र दिगो प्रयास आवश्यक रहेको सार प्राप्त भएको छ । प्रस्तुत लेखले सम्बन्धित क्ष्ोत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस विषय क्ष्ोत्रप्रति रुचि राख्ने सरोकारवाला सम्पूर्णमा अपेक्षित सहयोग पुर्याउने विश्वास गरिएको छ ।
{

This research-oriented paper explores the academic inquiry: What is the current state of linguistic vitality in Nepal? The study employs a qualitative research design, drawing primarily on library-based analysis to interpret data and derive conclusions.

According to the National Census of 2021 (2078 B.S.), a total of 124 mother tongues are spoken in Nepal. Among these, speakers of 13 major languages comprise 90.94% of the country’s total population. Furthermore, 21 languages have over 100,000 speakers each, accounting collectively for 94.95% of Nepal’s population. In contrast, the remaining 103 languages are spoken by only 5.05% of the population.Based on UNESCO’s language vitality criteria and Nepal’s internal linguistic classification, the languages of Nepal are categorized into five distinct groups: developed, developing, endangered, critically endangered, and extinct languages. There are 36 languages spoken by populations ranging between 10,000 and 100,000, 44 languages spoken by populations between 1,000 and 10,000, and 23 languages spoken by populations of less than 1,000 individuals.The National Statistics Office (2080 B.S.), in its report based on the 2021 National Census, highlights the urgent need for multidimensional and sustainable initiatives aimed at the preservation, development, and revitalization of Nepal’s 103 minority and endangered languages.It is expected that this article will contribute meaningfully to the academic community, providing a valuable reference for scholars, researchers, and stakeholders interested in the study and promotion of linguistic diversity in Nepal.}

Downloads

Download data is not yet available.
Abstract
1
pdf
4

Author Biography

Rajan Dhungana, Tribhuvan University, Sanothimi Campus, Sanothimi, Bhaktapur

शिक्षण सहायक, नेपाली शिक्षा विभाग {Teaching assistant, Department of Nepali Education}

Downloads

Published

2025-11-10

How to Cite

Dhungana, R. (2025). नेपालमा भाषिक जीवन्तता {Linguistic Vitality in Nepal}. Educational Journal, 4(1), 145–160. https://doi.org/10.3126/ej.v4i1.86186

Issue

Section

Articles