मुक्तक सिद्धान्त र परम्परा {Theory and Tradition of Muktaka }

Authors

  • Krishna Prasad Pokharel Madhyavindu Campus, Kawasoti, Nawalparasi
  • Mahesh Bhatta Tribhuvan University, Sanothimi Campus, Sanothimi, Bhaktapur

DOI:

https://doi.org/10.3126/ej.v4i1.86178

Keywords:

साहित्य (Literature), लघुतम (minimum), चतुष्पदी (chatuspadi), अनुप्रास (alliteration), मुक्तलय (free rhythm)

Abstract

प्रस्तुत लेख नेपाली मुक्तकको सिद्धान्त र परम्परामा आधारित रहेको छ । यसमा मुक्तक परिचयात्मकस्वरूप पहिल्याइएको छ । यसैगरी नेपाली मुक्तक लेखन परम्परा र यसका संरचक तत्वहरूबारे विश्लेषण गरिएको छ । यसमा मुक्तकको सैद्धान्तिक स्वरूप तयार पार्दा विभिन्न विद्वानद्वारा लेखिएका पुस्तक, लेख, रचना तथा उनीहरूका धारणालाई आधार बनाइएको छ । यसको उद्देश्य मुक्तकको सैद्धान्तिक स्वरूप पहिल्याउनु, परम्परा निरूपण गर्नु र संरचक तत्वहरूको विश्लेषण गर्नु रहेको छ । लेखमा गुणात्मक अनुसन्धान ढाँचाको प्रयोग गरिएको छ । पुस्तकालयीय कार्यबाट सामग्री सङ्कलन गरिएको छ । यसक्रममा सामग्री सङ्कलन द्वितीयक स्रोतबाट सङ्कलन गरिएको छ । यसमा आगमनात्मक विधिलाई अवलम्वन गरिएको छ । लेखमा साहित्यको पद्यात्मक रचना मानिने मुक्तकको मूल चिनारी चतुष्पदी हो भनिएको छ । वर्तमानमा निकै लोकप्रिय विधाका रूपमा स्थापित मुक्तकसम्बन्धी चर्चा संस्कृत साहित्यबाट भएको हो भने लेखन कार्य शक्तिबल्लभ अर्ज्यालको ‘तनहूँ भकुण्डो’ बाट भएको तथ्य प्राप्त भएको छ । मुक्तक ए, ए, बि, ए को संरचनामा तयार पारिने, विषयवस्तु, भाव वा विचार, भाषाशैली, संरचना, उद्देश्य, लय, बिम्ब, प्रतीक र अलङ्कार, अनुप्रास आदिको उचित संयोजनबाट मुक्तक तयार पारिने कुरा उल्लेख गरिएको छ । यस्तै आयामका दृष्टिले लघुतम भए पनि यो आफैमा पूर्ण, कसिलो, चोटिलो, प्रभावकारी तथा हृदयलाई चमत्कृत गर्ने खालको हुने कुरा निष्कर्षका रुपमा  प्रस्तुत गरिएको छ । प्रस्तुत अध्ययनले सम्बन्धित क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चहने तथा यस विषय क्षेत्रप्रति रुचि राख्ने सरोकारवाला सम्पूर्णलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

{The present article is based on the theory and tradition of Nepali muktaka (a form of independent verse). It introduces muktaka in an introductory manner and analyzes the tradition of Nepali muktaka writing along with its structural elements. In formulating the theoretical framework of muktaka, books, articles, compositions, and the views of various scholars have been taken as the basis. The main objectives of this paper are to identify the theoretical nature of muktaka, to define its tradition, and to analyze its structural elements.

A qualitative research design has been used in this study. The materials were collected through library work, relying mainly on secondary sources. The study follows the inductive method. The article states that the fundamental identity of muktaka, considered a poetic composition in literature, is the chatushpadi (a quatrain or four-line stanza). It has been found that discussions on muktaka, which has now become an established and popular genre, originated in Sanskrit literature, whereas the writing practice in Nepali began with Shaktiballabh Arjyal’s Tanahun Bhakundo.It is mentioned that muktaka is generally composed in the structure of A, A, B, A rhyme scheme and that it is formed through the appropriate combination of subject matter, emotion or thought, language style, structure, purpose, rhythm, imagery, symbols, figures of speech, and alliteration. Though minimal in dimension, it is concluded that muktaka is a complete, compact, striking, effective, and heart-touching poetic form.This study is expected to assist researchers, students, and all those interested in studying or conducting research in this field.}

Downloads

Download data is not yet available.
Abstract
1
pdf
0

Author Biographies

Krishna Prasad Pokharel, Madhyavindu Campus, Kawasoti, Nawalparasi

शिक्षण सहायक, नेपाली शिक्षा विभाग {Teaching Assistant, Department of Nepali Education}

Mahesh Bhatta, Tribhuvan University, Sanothimi Campus, Sanothimi, Bhaktapur

उप-प्राध्यापक, नेपाली शिक्षा विभाग {Assistant professor, Department of Nepali Education}

Downloads

Published

2025-11-10

How to Cite

Pokharel, K. P., & Bhatta, M. (2025). मुक्तक सिद्धान्त र परम्परा {Theory and Tradition of Muktaka }. Educational Journal, 4(1), 118–126. https://doi.org/10.3126/ej.v4i1.86178

Issue

Section

Articles