आधुनिक साहित्य र अनुसन्धान {Modern Literature and Research}
DOI:
https://doi.org/10.3126/ej.v4i1.86175Keywords:
मनोवैज्ञानिक (psychology), शैलीवैज्ञानिक(stylistics), समाजशास्त्र (sociology), सौन्दर्यशास्त्र (aesthetics)Abstract
आधुनिक साहित्य र अनुसन्धानका क्रममा अँगालिने क्रमवद्ध नियम, तरिका वा कार्यप्रणालीलाई आधुनिक साहित्यको अनुसन्धान पद्धति भनिन्छ । अनुसन्धानमा समस्या अनुरूप समाधानका निमित्त विभिन्न प्रकारका पद्धतिको प्रयोग गरिन्छ । प्रत्येक अनुसन्धान पद्धतिका आफ्ना आफ्नै प्रकारका उपयोगिता र सीमा हुन्छन् । एउटा समस्याविशेषको समाधानका लागि एउटै मात्र वा धेरै अनुसन्धान पद्धतिको प्रयोग गर्न सकिन्छ । सौन्दर्यशास्त्रीय, शैलीवैज्ञानिक, भाषावैज्ञानिक, मनोवैज्ञानिक, समाजशास्त्रीय जस्ता विषयका वीचमा विभिन्न अर्न्तविषयक पक्ष गाँसिएका हुन्छन् । सामाजिक, र्आिर्थक, राजनैतिक, दार्शनिक, साहित्यिक जस्ता कुनै पनि विषयको अर्को विषयसँग सह–सम्बन्ध राखेर मात्र पूर्ण अध्ययन गर्न सकिन्छ । एउटा विषय मात्र नभएर अर्न्तविषयात्मक पद्धतिवाट आजको अध्ययन अधि वढाइने भएकाले जटिल मिश्रित विशिष्टिकृत समाजमा गरिने अध्ययन अनुसन्धानको विभिन्न अर्न्तविषयक समस्याहरू पनि गाँसिएका हुन्छन् । अर्न्तविषयक समस्याहरूको अध्ययन अनुसन्धानका रूपमा आधुनिक साहित्यको अनुसन्धान गरिदा आजको अनुसन्धानले पुर्णता पाउने हुँन्छ । पुस्तकालय विधिको प्रयोग गरी यिनै कुराको अध्ययनको व्याख्यात्मक प्रस्तुती यस लेखमा गरिएको छ ।
{The systematic rules, methods, or procedures adopted in the study of modern literature and research are known as the research methodology of modern literature. In research, various types of methods are used according to the nature of the problem to find appropriate solutions. Each research method has its own specific usefulness and limitations. To solve a particular problem, one or several research methods may be applied.
Various interdisciplinary aspects are interconnected among disciplines such as aesthetics, stylistics, linguistics, psychology, and sociology. Any subject—whether social, economic, political, philosophical, or literary—can be fully studied only in relation to other subjects. Since today’s studies are advanced through interdisciplinary approaches rather than focusing on a single subject, various interdisciplinary issues are also intertwined within the research conducted in complex and specialized societies.When the study of such interdisciplinary issues is carried out as research in modern literature, today’s literary research attains completeness. Using library methods, these ideas have been discussed and analyzed in this article.}