नेपाली भाषा शिक्षकको पहिचानमा समस्या {Problem in the Identity of Nepali Language Teachers}
DOI:
https://doi.org/10.3126/ej.v3i1.82054Keywords:
भाषिक सिप(language skill), शिक्षण समस्या (teaching problem), सस्थागत विद्यालय(institutional school), भाषा शिक्षण(language teaching)Abstract
प्रस्तुत लेख संस्थागत विद्यालयमा अध्यापनरत नेपाली भाषा शिक्षकको पहिचानमा भाषिका समस्यासँग सम्बन्धित छ । यस लेखको उद्देश्य नेपाली भाषा शिक्षकले भोग्नुपरेको चुनौती र समस्यारूको खोजीगर्नु रहेको छ । यो अनुसन्धान गुणात्मक अध्ययन विधि अन्तर्गत न्यारेटिभ ढाँचामा आधारित छ । यस अध्ययनको लागि उद्देश्यमूलक नमुना छनोट विधिद्वारा उत्तरदाताको चयन गरिएको छ । प्रस्तुत अनुसन्धानबाट नेपाली विषय शिक्षकले अन्य विषय शिक्षकले पाउने जति समान सम्मान र मूल्यको साटो प्रशासनको नजरबाट कमजोर विषय शिक्षकको रुपमा उपेक्षित हुनु परेकोे, नेपाली भाषालाई दोस्रो भाषाका रुपमा हेर्ने गरिएको, नेपाली भाषा शिक्षकले अन्य विषय शिक्षक सरह समान पारिश्रमिक र सुबिधाबाट बञ्चित हुनुपरेको, अङ्ग्रेजी भाषालाई प्राथमिकता दिनाले नेपाली भाषाको अवमूल्यन गरिएको साथै विद्यार्थी, अभिभावक, स्कुल प्रशासन सबैको नजरमा नेपाली भाषा शिक्षक कमजोर जस्तो देखिन बाध्य हुनु परेको जस्ता समस्याका साथै सधैं दबाबमा परेर पनि आफ्नो कर्तव्यबाट विमुख हुन नसकिएको, त्यसैले नेपाली भाषा शिक्षकलाई आफ्नो विषयगत पहिचानमा चुनौती पूर्ण अवस्था रहेको निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले सम्बन्धित क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस विषय क्ष्ोत्रप्रति रुचि राख्ने सरोकारवाला सम्पूर्णमा अपेक्षित सहयोग पु्र्याउने विश्वास गरिएको छ ।
{This article deals with linguistic issues related to the identity of Nepali language teachers working in institutional (private) schools. The main objective of this article is to explore the challenges and problems faced by Nepali language teachers. This research is based on a qualitative study using a narrative design. Respondents were selected using a purposive sampling method.The study found that Nepali subject teachers are often neglected by the school administration and perceived as less important compared to other subject teachers. Nepali is viewed as a second language, and as a result, Nepali language teachers are deprived of equal pay and facilities available to other subject teachers. The prioritization of English has led to the devaluation of the Nepali language. Teachers of Nepali are compelled to appear weak in the eyes of students, parents, and the school administration. Despite being under constant pressure, they are unable to abandon their responsibilities. The study concludes that Nepali language teachers face significant challenges in establishing their professional identity. This article is expected to be a useful resource for those who wish to study and conduct research in this field, as well as for stakeholders interested in the issues related to the teaching of the Nepali language.}