श्वेतभैरवी कथामा प्रजाति

Authors

  • राजेन्द्र गिरी नेपाली विभाग, बिरेन्द्र बहुमुखी क्याम्पस,त्रिभुवन विश्वविद्यालय, भरतपुर, चितवन

Keywords:

यौनमनोविज्ञान, सहजआनुवंशिक, समानसांस्कृतिक, निम्नबर्गीय, प्रजाति, जलवायु, भूगोल

Abstract

प्रस्तुत लेख साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘श्वेतभैरवी’ कथाको प्रजाति अध्ययनसँग सम्बन्धित छ। यो फ्रान्सेली दार्शनिक हिप्पोलिट टेङको साहित्यिक समाजशास्त्रीय विश्लेषणको आधारमध्ये एक हो। उनले ‘हिस्ट्री अफ इङ्लिस लिटरेचर’ नामक ग्रन्थबाट साहित्यको समाजशास्त्रीय अध्ययन परम्पराको प्रारम्भ गरेका हुन्। उनले साहित्यलाई समाजका बारेमा थाहा पाउने मूल स्रोत मानेका छन्। उनले समाजशास्त्रीय अध्ययन पद्धतिअन्तर्गत जाति–प्रजाति, युग–क्षण र परिवेश–पर्यावरण सम्बन्धी सिद्धान्त प्रस्तुत गरेका छन्। यस कथामा फुगुनीको असामान्य यौनमनोविज्ञानलाई विषयवस्तु बनाइएको छ। यसका लेखक मदन पोखरेलले आफ्नो जीवनमा पैंतिस वर्षअगाडि देखेका घटनालाई स्मरणको रूपमा देखाएका छन्। यस कथामा प्रमुख पात्र फुगुनीको असामान्य यौनमनोविज्ञानलाई यथार्थ चित्रण गरिएको छ। कथामा लेलासकी छोरी फुगुनीको यौन आकाङ्क्षालाई विषयवस्तुमा समेटिएको पाइन्छ। यस कथाले पुरुष र स्त्रीजातिको सामाजिक तथा सांस्कृतिक व्यवहार, क्रियाकलाप र स्वभावहरूको चित्रण गरेको छ। यस कथामा समाजका उच्च, मध्यम र निम्न वर्गीय जातीय संस्कारको वर्णन छ। यसमा कथाकारले मदन पोखरेलको घरमा काम गर्न बसेकी फुगुनीलाई माध्यम बनाएर हैकमवादी व्यवहारको यथार्थ देखाएका छन्।सहज आनुवंशिक गुण, समान सांस्कृतिक, जलवायु र भूगोलका सन्दर्भहरू प्रजातिको रूपमा आएका छन्। निम्न वर्गीय पात्र फुगुनीको बालस्वभाव पहिचान गर्दै उनको यौनमनोविज्ञानलाई हिप्पोलिट टेङको सैद्धान्तिक मान्यताको आधारमा यस कथाको समाजशास्त्रीय विश्लेषण गरिएको छ।

Abstract
78
pdf (Nepali)
0

Downloads

Published

2025-12-24

How to Cite

श्वेतभैरवी कथामा प्रजाति. (2025). BMC Journal of Scientific Research, 8(1), 164-172. https://doi.org/10.3126/bmcjsr.v8i1.88001

Issue

Section

Research Article

How to Cite

श्वेतभैरवी कथामा प्रजाति. (2025). BMC Journal of Scientific Research, 8(1), 164-172. https://doi.org/10.3126/bmcjsr.v8i1.88001