‘मैदारो’ उपन्यासमा वर्गीय पक्षधरता

Authors

  • प्रभा मरहठ्ठा कोइराला त्रिभुवन विश्वविद्यालय, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन।

DOI:

https://doi.org/10.3126/bmcjsr.v8i1.87940

Keywords:

उत्पीडन, दमन, प्रतिरोध, विद्रोह, शोषण

Abstract

प्रस्तुत लेख २०७५ सालमा प्रकाशित मैदारो उपन्यासमा अभिव्यक्ति वर्गीय पक्षधरता अध्ययनमा आधारित छ । मैदारो भूपिनको पहिलो  उपन्यास  हो  ।  यस  उपन्यासमा  पञ्चायतकालीन  ग्रामीण  परिवेशदेखि  प्रजातन्त्रको  पुनःस्थापना,  व्यवस्था  फेरिए  पनि  शोषण, दमन, अत्याचार यथावत रहँदा जनविद्रोको सुरुवात, चर्को दमन, प्रतिरोध, रक्तपातपूर्ण सङ्घर्षका परिवेश आख्यानीकरण गरिएको छ । उपन्यासमा नेपाली समाजका वर्गीय पात्र, समस्या, विचार, उद्देश्य, पक्षधरता स्पष्ट आएका छन् । यसर्थ यस लेखमा उपन्यासमा व्यक्त पक्षधरता केकस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले माक्र्सवादी मान्यताका आधारमा दृष्टान्त  दिएर  अध्ययन  गरिएको  छ  ।  उपन्यासमा  व्यक्त  शोषण,  दमन,  वर्गीय  प्रतिरोध,  युद्धको  विध्वंस,  विस्थापन  आदिको  अध्ययनमा पाठ विश्लेषणलाई उपयोग गरिएको छ । यस अध्ययनबाट उपन्यासमा माक्र्सवादी विश्वदृष्टि रहे पनि निम्नवर्गीय उत्पीडित जनतामाथि सहानुभूति प्रकट गरी सोही वर्गीय पक्षधरता रहेको निष्कर्ष निकालिएको छ । उपन्यासमा जातीय, आर्थिक विभेदका यथार्थ परिवेश, शोषक, शासकहरूले निम्नवर्गीय दलित जनतामाथि गर्ने अत्याचार स्पष्ट आएको छ । बहुल पात्र रहेको यस उपन्यासमा वर्गीय पक्षधरताका दृष्टिले सचेत, सक्रिय पात्र कला मात्र रहेको देखिन्छ । जनविद्रोहमा सहभागी कला मारिएको परिवेशले उत्पीडित वर्गीय उत्थान र सशस्त्र जनविद्रोहको दुःखद परिणाम आएको छ । उपन्यासमा उत्पीडित वर्गीय समस्या, सङ्घर्षप्रति सहानुभूति प्रकट गरिए पनि अग्रगामी चिन्तन र निकासको बाटो आएको देखिँदैन । सामाजिक रूपान्तरण, वर्गीय उत्थानका  निम्ति  समग्र  विभेद,  कठिनाइहरूसँग  सचेत  भई  जुध्न  नसक्ने,  कमजोर  मानसिकताको  रुन्चे,  कायर  पात्र  नदीनका  गतिविधिमार्फत शान्तिपूर्ण विद्रोहको पक्षपोेषण गरिएको छ । उत्पीडित वर्गीय, शिक्षित भए पनि वर्गीय, जातीय उत्थानमा जाग्न नसक्ने  नदीनलाई  नायकत्व  दिई  ऊभन्दा  सचेत  विद्रोही  पात्र  कलालाई  छायामा  पारिएको  छ  ।  कला  मारिएपछि  अबोध  छोरी  अलपत्र छोडी भीरबाट हाम्फालेको परिवेशले नदीनको त्याग र समर्पण केमा भन्ने शङ्का जन्माएको छ । यसर्थ उपन्याासमा उत्पडित वर्गीय पक्षधरता रहे पनि आमूल परिवर्तनको सपना छैन । उत्पीडितले शान्तिपूर्ण विरोध गरे पनि समाज सुधार हुने दृष्टिकोण छ । उपन्यासमा वर्गीय मुक्ति, उत्थानका निम्ति क्रान्तिको अनिवार्यता स्पष्ट नआएको निष्कर्ष यस लेख निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
49
pdf (Nepali)
43

Downloads

Published

2025-12-24

How to Cite

मरहठ्ठा कोइराला प. (2025). ‘मैदारो’ उपन्यासमा वर्गीय पक्षधरता. BMC Journal of Scientific Research, 8(1), 154–163. https://doi.org/10.3126/bmcjsr.v8i1.87940

Issue

Section

Research Article