‘मैदारो’ उपन्यासमा वर्गीय पक्षधरता
DOI:
https://doi.org/10.3126/bmcjsr.v8i1.87940Keywords:
उत्पीडन, दमन, प्रतिरोध, विद्रोह, शोषणAbstract
प्रस्तुत लेख ‘मैदारो’ (२०४५) सालमा प्रकाशित मैदारो उपन्यासमा अभिव्यक्त वर्गीय पक्षधरता अध्ययनमा आधारित छ। मैदारो भूपी शेरचनको पहिलो उपन्यास हो। यस उपन्यासमा पञ्चायतकालीन ग्रामीण परिवेशदेखि प्रजातन्त्रको पुनःस्थापना, व्यवस्था फेरिए पनि शोषण, दमन, अत्याचार यथावत् रहँदा जनविद्रोहको सुरुवात, चर्को दमन, प्रतिरोध, रक्तपातपूर्ण संघर्षको परिवेश आख्यानिकरण गरिएको छ। उपन्यासमा नेपाली समाजका वर्गीय पात्र, समस्या, विचार, उद्देश्य, पक्षधरता स्पष्ट आएका छन्। यसरी यस लेखमा उपन्यासमा व्यक्त पक्षधरता केकस्तो रहेको छ भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले मार्क्सवादी मान्यताका आधारमा दृष्टान्त दिएर अध्ययन गरिएको छ उपन्यासमा व्यक्त शोषण, दमन, वर्गीय प्रतिरोध, युद्धको विध्वंस, विस्थापन आदिको अध्ययनमा पाठ विश्लेषणलाई उपयोग गरिएको छ। यस अध्ययनबाट उपन्यासमा मार्क्सवादी विश्वदृष्टि रहे पनि निम्नवर्गीय उत्पीडित जनतामाथि सहानुभूति प्रकट गरी सोही वर्गीय पक्षधरता रहेको निष्कर्ष निकालिएको छ। उपन्यासमा जातीय, आर्थिक विभेदका यथार्थ परिवेश, शोषक, शासकहरूले निम्नवर्गीय दलित जनतामाथि गर्ने अत्याचार स्पष्ट आएको छ। बहुल पात्र रहेको यस उपन्यासमा वर्गीय पक्षधरताको दृष्टिले सचेत, सक्रिय पात्र कला मात्र रहेको देखिन्छ। जनविद्रोहमा सहभागी कला मारिएको परिवेशले उत्पीडित वर्गीय उत्थान र सशस्त्र जनविद्रोहको दुःखद परिणाम आएको छ। उपन्यासमा उत्पीडित वर्गीय समस्या, संघर्षप्रति सहानुभूति प्रकट गरिएको छ तर अग्रगामी चिन्तन र निकासको बाटो आएको देखिँदैन। सामाजिक रूपान्तरण, वर्गीय उत्थानका निम्ति समग्र विभेद, कठिनाइहरूसँग सचेत भई जुध्न नसक्ने, कमजोर मानसिकताको रुँग्रिने, कायर पात्र नदीङको गतिविधिमार्फत शान्तिपूर्ण विद्रोहको पक्षपोषण गरिएको छ। उत्पीडित वर्गीय, शिक्षित भए पनि वर्गीय, जातीय उत्थानमा जान नसक्ने नदीङलाई नायकत्व दिई उम्कँदा सचेत विद्रोही पात्र कलालाई छायामा पारिएको छ। कला मारिएपछि बाबोध छोरी अलपत्र छोडी भीरबाट हाम्फालेको परिवेशले नदीङको त्याग र समर्पण केमा भन्ने शंका जन्माएको छ। यसरी उपन्यासमा उत्पीडित वर्गीय पक्षधरता रहे पनि आमूल परिवर्तनको सपना छैन। उत्पीडितले शान्तिपूर्ण विरोध गरे पनि समाज सुधार हुने दृष्टिकोण छ। उपन्यासमा वर्गीय मुक्ति, उत्थानका निम्ति क्रान्तिको अनिवार्यता स्पष्ट नआएको निष्कर्ष यस लेखले निकालेको छ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2025 Research Management Cell, Birendra Multiple Campus

This work is licensed under a Creative Commons Attribution-NonCommercial-ShareAlike 4.0 International License.