विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजाति

Authors

  • राजेन्द्र गिरी [Rajendra Giri] त्रिभुवन विश्वविद्यालय, वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर, चितवन

DOI:

https://doi.org/10.3126/bmcjsr.v6i1.60967

Keywords:

पीतवर्ण, देहात, बनारस, धोती, चोलो, गोसाईंस्थान

Abstract

प्रस्तुत आलेखमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातिको अध्ययन गरिएको छ । यो समाजशास्त्रीय सिद्धान्तको मान्यतामा आधारित अध्ययन हो । समाजशास्त्रले साहित्यको समाजसँग रहेको सम्बन्धको खोजी गर्दै त्यसको व्याख्या, विश्लेषण गर्दछ । कलासाहित्यलाई व्यक्तिगत प्रतिभा र चिन्तनको उपज मानिन्छ । त्यस उपजले सामाजिक मूल्यमान्यता, परम्परा, विश्वास र आस्था प्राप्त गर्दछ । त्यसैले साहित्य व्यक्तिद्वारा सृजना गरिए पनि त्यो सामाजिक अभिव्यक्तिका रूपमा देखापर्दछ । साहित्यको समाजशास्त्रीय सिद्धान्तका विभिन्न आधारमध्ये प्रजाति, क्षण र परिवेश रहेको छ । तसर्थ यस लेखमा विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजातिको अध्ययन गरिएको छ । प्रजातिको अध्ययनका विविध आधारमध्ये सहज आनुवंशिक गुण, समान सांस्कृतिक विशेषता, जलवायु र भूगोल, खानपान र शारीरिक संरचनालाई मुख्य आधार बनाई व्याख्या विश्लेषण गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
45
PDF
83

Downloads

Published

2023-12-22

How to Cite

[Rajendra Giri] र. ग. (2023). विश्वेश्वरप्रसाद कोइरालाको ‘सान्नानी’ कथामा प्रजाति. BMC Journal of Scientific Research, 6(1), 192–200. https://doi.org/10.3126/bmcjsr.v6i1.60967

Issue

Section

Research Article