‘परमानन्द’ महाकाव्यमा छन्दविधान

Authors

  • दामोदर रिजाल [Damodar Rijal] त्रिभुवन विश्वविद्यालय, वीरेन्द्र बहुमुखी क्याम्पस, नेपाली विभाग, भरतपुर

DOI:

https://doi.org/10.3126/bmcjsr.v6i1.60965

Keywords:

काव्यतइभ्व, गणसूत्र, गेयात्मकता, छन्दप्रयोग, प्रबन्धन

Abstract

कवि हिरालाल कँडेल ‘परमानन्द’ महाकाव्यका रचयिता हुन् । यो काव्यकृति पूर्वीय छन्दशास्त्रीय मान्यताअनुरूप लेखिएको छ । पूर्वीय, पाश्चात्य र नेपाली समालोचकहरूले छन्दलाई काव्यको उपकरण मानेको देखिन्छ । लौकिक र वैदिक गरी दुई वर्गमा विभाजित यसको लौकिकवर्गअन्तर्गत वृत्त र जातिजस्ता दुई भेद देखाइएका छन् । अक्षरको गणना हुने भएकाले वार्णिक र वर्णमात्रिक छन्दहरू वृत्तवर्गअन्तर्गत र ह्रस्वलाई एक अनि दीर्घलाई दुई मात्रामा गणना गरिने भएकाले मात्रिक छन्दहरू सबैलाई जातिवृत्तभित्र राखिएको छ । नेपालका समाजसुधारक र वीतरागी सज्जनपुरुष परमानन्द गुरुको चरित्राङ्कनका साथै उनका समाजरूपान्तरणसम्बन्धी अनेक सत्कर्मलाई यस महाकाव्यको कथावस्तुमा ठाउँ दिइएको छ । सत्ताइस सर्गको विस्तृत संरचनात्मक आयाम पाएको यस महाकाव्यमा चौधवटा बहुप्रचलित शास्त्रीय वार्णिक छन्दहरू प्रयोग भएका छन् । आचार्य पिङ्गलद्वारा रचित ‘छन्दसूत्र’नामक लक्षणग्रन्थ र त्यसका आधारमा विकसित गणसूत्र, गति, यति, लय, अक्षरसङ्ख्या र सम, अर्धसम तथा विषमवृत्तका शास्त्रीय मान्यतामा आधारित भई ‘परमानन्द’ महाकाव्यमा प्रयुक्त सबै छन्दहरूको यस शोधलेखमा विश्लेषण–परीक्षण गरिएको छ । विश्लेषणका क्रममा मुख्यतया यस काव्यका पद्यपङ्क्तिहरूमा गति, यतिको अवस्था र अक्षरभङ्गता खोजी गर्ने चेष्टा भएको छ । छन्दमिलानका लागि प्रचलित वर्णविन्यास व्यवस्थामाथिको अपचलन र यसप्रकारका दोषसमष्टिबाट छन्दोभङ्ग हुँदा भावास्वादनमा उत्पन्न जटिलता सङ्केत गर्न महाकाव्यीय पद्यपङ्क्तिलाई साक्ष्यका रूपमा अगाडि सारिएको छ । छन्दप्रयोगमा युक्तियुक्तता ठम्याउने उद्देश्यबाट गरिएको यस अध्ययनलाई समस्याकेन्द्री बनाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
33
PDF
21

Downloads

Published

2023-12-22

How to Cite

[Damodar Rijal] द. र. (2023). ‘परमानन्द’ महाकाव्यमा छन्दविधान. BMC Journal of Scientific Research, 6(1), 172–179. https://doi.org/10.3126/bmcjsr.v6i1.60965

Issue

Section

Research Article