नचिनिने भएछौ’ कविताको सङ्कथन विश्लेषण [Syntax Analysis of the Poem 'Nachinine Bhayachhau']
DOI:
https://doi.org/10.3126/bmcjsr.v5i1.50690Keywords:
अप्रतिज्ञप्तिसूचक, आशय, लुप्तपद, वक्ता, प्रतिज्ञप्तिसूचक, श्रोता, सङ्कथन ।Abstract
भाषाको सबैभन्दा ठुलो र आफैंमा पूर्ण एकाइ सङ्कथन हो । आफैंमा पूर्ण भएका तर जस्तोसुकै परिवेशमा प्रस्तुत गरिएका जुनसुकै भाषिक अभिव्यक्तिहरूलाई सङ्कथन भनिन्छ । यस्ता सङकनहरूको अध्ययन र विश्लेषण गर्ने नवीन सिद्धान्त सङ्कथन विश्लेषण हो । यस लेखमा यही सैद्धान्तिक अवधारणा अनुशरण गर्दै कवि अगमसिंह गिरीको ‘नचिनिने भएछौ’ कविताको विश्लेषण गरिएको छ । कविताका लुप्त पदहरू खोलुवा गरिएको छ । कवितामा रहेका प्रतिज्ञप्तिसूचक र अप्रतिज्ञप्तिसूचक शब्दहरूका बिचका सम्बन्धहरू खोजी गरिएको छ । यही आधारमा कवितामा उपयोग गरिएका वक्ता, श्रोता, परिवेश र आशय स्पष्ट भएको निष्कर्ष निकालिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2022 Research Management Cell, Birendra Multiple Campus
This work is licensed under a Creative Commons Attribution-NonCommercial-ShareAlike 4.0 International License.