‘उलार’ उपन्यासमा आञ्चलिकता [Regionalism in the novel 'Ular']

Authors

  • कृष्णप्रसाद Krishna Prasad सापकोटा Sapkota Reader in Nepali at Birendra Multiple Campus

Keywords:

उलार, आञ्चलिक, भौगोलिक, सांस्कृतिक, जीवनानुभूति, मानचित्रीय, भूखण्ड, पर्यावरण, सीमान्त, विरादरी, किनारीकृत आदि ।

Abstract

नयनराज पाण्डेको उलार आञ्चलिक उपन्यास हो । अञ्चलविशेषका विशिष्टतालाई आधार बनाएर लेखिएको उपन्यासलाई नै आञ्चलिक उपन्यास भनिन्छ । आञ्चलिक उपन्यासमा आञ्चलिक तत्वका रूपमा भूगोल, संस्कृति, समाज, प्रकृति, राजनीति, आर्थिक, इतिहास, भाषा आदि रहेका हुन्छन् । यिनीहरू उपन्यासमा आउँदा समान महत्वका साथ आउन पनि सक्छन् र नआउन पनि सक्छन् । कुनै उपन्यासमा आञ्चलिक तत्वमध्ये कुनै तत्वले बढी स्थान पाएको हुन्छ भने कुनै उपन्यासमा कुनै आञ्चलिक तत्वले महत्व पाएको भए पनि अञ्चलविशेषका विशिष्टतालाई उजागर गर्दै त्यहाँको यथार्थ स्थितिलाई देखाएर अञ्चलविशेषका भौगोलिक यथार्थता, त्यहाँका वासिन्दाको यथार्थ जीवनशैली, राजनीतिक अवस्था र भाषिक अवस्थालाई देखाउनु आञ्चलिक उपन्यासको उद्देश्य रहेको हुन्छ । उराल आञ्चलिक उपन्यासमा आञ्चलिक तत्वका रूपमा रहने सबै पक्षको यथार्थ चित्रण भए पनि राजनीतिक र आर्थिक पक्षको चित्रणले बढी महत्व पाएको पाइन्छ । अञ्चलविशेषका वासिन्दाको आर्थिक अवस्था कमजोर रहेको हुनाले त्यहाँका वासिन्दामा शिक्षाको स्तर, चेतनाको स्तर निकै कमसल रहेकाले राजनीतिक सचेतता पनि कमछ । उनीहरूमा राजनीतिक सचेतता नभएको कारणले त्यहाँको राजनीति गर्ने नेताहरूले उनीहरूबाट फाइदा लिएका छन् । जसका कारणले गर्दा त्यहाँका जनताको जीवनस्तर उठ्नुभन्दा पनि दिनानुदिन खस्कदो अवस्थामा छ । उनीहरू शिक्षादीक्षाबाट बञ्चित छन् । त्यतिमात्र नभएर सामान्यभन्दा सामान्य उपचार गराउन सक्ने उनीहरूको अवस्था छैन । उपचारका लागि होस् वा खानका लागि होस् भएको घडेरी पनि बेच्दै अञ्चलविशेषका वासिन्दा भूमिहीन बन्न बाध्य छन् । यही अञ्चलविशेषको राजनीतिक तथा आर्थिक अवस्था के–कस्तो छ ? राजनीतिक अवस्थाले आर्थिक अवस्थालाई र आर्थिक अवस्थाले राजनीतिक अवस्थालाइ के–कसरी प्रभाव पारेको छ र त्यसको प्रभाव अञ्चलविशेषका वासिन्दामा कसरी परेको छ भन्ने कुराको चर्चा गर्दै निष्कर्ष समेत प्रस्तुत गरिएको छ ।

Abstract
358
PDF
0

Downloads

Published

2018-12-01

How to Cite

‘उलार’ उपन्यासमा आञ्चलिकता [Regionalism in the novel ’Ular’]. (2018). BMC Journal of Scientific Research, 2(1), 115-124. https://doi.org/10.3126/bmcjsr.v2i1.42743

Issue

Section

Articles

How to Cite

‘उलार’ उपन्यासमा आञ्चलिकता [Regionalism in the novel ’Ular’]. (2018). BMC Journal of Scientific Research, 2(1), 115-124. https://doi.org/10.3126/bmcjsr.v2i1.42743