मायादेखि मोक्षसम्म : पूर्वीय दर्शनमा मुक्तियात्रा
DOI:
https://doi.org/10.3126/awadharana.v8i1.70125Keywords:
मोक्ष, सैद्धान्तिक ग्रन्थ, भगवद्गीता, परमार्थ, आत्मानुभूतिAbstract
मोक्ष शब्दको अर्थ मुक्ति अर्थात् स्वतन्त्रता हो । यसले जीवनका यावत् दुःखबाट मुक्ति, जन्ममरणको चक्रबाट मुक्ति, सांसारिक बन्धनबाट मुक्ति; अशान्ति, अस्थिरता र चञ्चलताबाट मुक्ति भन्ने बुझाउँछ । मोक्ष यस्तो आध्यात्मिक अवस्था हो जसको प्राप्तिपछि शान्ति, आनन्द र चेतनाको अनन्त विस्तार अनुभूति हुन्छ । मोक्षको परिभाषा विभिन्न धार्मिक, आध्यात्मिक परम्पराको आधारमा भिन्न हुन सक्छ । यद्यपि आम रुपमा मोक्षको चर्चा हुँदा आत्मानुभूति, अज्ञानको नाश र पूर्णताको स्थिति मानसपटलमा अवबोध हुन्छ । यो आलेखमा विशेषगरी हिन्दु शास्त्रीय विवेचनामा मोक्षको अवधारणा उत्पत्ति, विस्तार र व्यापकता चर्चा भएको छ । मोक्षका मुख्यतया दुई वटा उपादेयता छन् – पारमार्थिक र व्यावहारिक । पारमार्थिक अर्थमा मोक्ष कष्टसाध्य एवम् दीर्घ साधनाद्वारा प्राप्य देखिए पनि व्यावहारिक अर्थमा मोक्ष अहिल्यै, यहीं अनुभूति गर्न सकिन्छ । जीवनका जटिलताहरु बढिरहेको र मानिस आफैंले सृजना गरेका उल्झनहरुमा जेलिंदै गएको वर्तमान अवस्थामा मोक्षको व्यावहारिक ज्ञान वरादन सावित हुन सक्छ । मोक्ष कुनै भस्म लेपन गरेको जटाधारी सन्यासीको मात्र चासोको विषय होइन, विद्रूप भएर हिंड्ने तपसीहरुको मात्र प्राप्य विषय होइन । मोक्ष उन्मुक्त चेतनाको त्यो अवस्था हो जुन आमा मानिसले अनुभूति गर्न सक्ने र हरपल मनमा अनुभूति हुन सक्ने अवस्था हो, शास्त्रीय पण्डितहरुले कठिन शब्दजालद्वारा दुरुह बनाइदिँदा मोक्ष हामी सबैका निम्ति एकादेशको कथाजस्तो अनुभूति भए पनि यस आलेखमा मोक्षको सैद्धान्तिक अवधारणालाई स्पष्ट गरिएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.