कक्षा दशको नेपाली पाठ्यक्रम (२०७१) को विश्लेषण {Analysis of Class Ten Nepali Syllabus (2071)}

Authors

  • सुरज Suraj पौडेल Poudel नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Department of Nepali Education, PN Campus, Pokhara, TU

DOI:

https://doi.org/10.3126/awadharana.v7i1.49375

Keywords:

सिकाइ, सक्षमता, सम्प्रेषणात्मक, संरचनात्मक, चक्रिय, रचनामुखी

Abstract

प्रस्तुत ‘कक्षा १० को नेपाली पाठ्यक्रम (२०७१) को विश्लेषण’ शीर्षकको आलेख भाषापाठ्यक्रमको धारणा स्पष्ट पारी पाठ्यक्रम निर्माण प्रक्रियाको चर्चा गर्दै प्रकारगत आधारमा कक्षा १० को नेपाली पाठ्यक्रम (२०७१) को विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । यो अध्ययन मूलतः गुणात्मक प्रकृतिको भएकाले पुस्तकालय पद्धतिको उपयोग गरी सङ्कलित प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको अध्ययन विश्लेषणबाट प्राप्त तथ्यलाई तर्क र प्रमाणका आधारमा पुष्टि गरिएको छ । भाषिक सिप आर्जनका निम्ति तयार पारिएको योजनाबद्ध दस्तावेजलाई भाषापाठ्यक्रम भनिन्छ । पाठ्यक्रम निर्माणका सन्दर्भमा आवश्यकताको पहिचान, लक्ष्य र उद्देश्यको निर्धारण, पाठ्यवस्तुको निर्धारण र प्रस्तुतिक्रम, शिक्षण प्रक्रिया, मूल्याङ्कन प्रक्रिया अपनाइन्छ । कक्षा १० को नेपाली पाठ्यक्रमलाई दृष्टिगत गर्दा सम्प्रेषणात्मक एवम् रचनामुखी, भाषिक सिपमा आधारित चक्रिय पद्धति, सक्षमतामा आधारित एवम् संरचनात्मक पाठ्यक्रमका रुपमा लिन सकिन्छ । यति भएर पनि परम्परागत पाठ्यक्रमबाट मुक्त हुन नसक्नु, क्रमबद्धताको अभाव,पुनरावृतिजस्ता सीमाहरु नेपाली पाठ्यक्रममा देखिन्छन् ।

Downloads

Download data is not yet available.
Abstract
107
PDF
71

Author Biography

सुरज Suraj पौडेल Poudel, नेपाली शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पस, पोखरा Department of Nepali Education, PN Campus, Pokhara, TU

उपप्राध्यापक

Downloads

Published

2022-11-10

How to Cite

पौडेल Poudel स. S. (2022). कक्षा दशको नेपाली पाठ्यक्रम (२०७१) को विश्लेषण {Analysis of Class Ten Nepali Syllabus (2071)}. AWADHARANA, 7(1), 63–71. https://doi.org/10.3126/awadharana.v7i1.49375

Issue

Section

Articles