निद्रा कथामा लैङ्गिकता {Gender in the Sleep Story}

Authors

  • लोकचन्द्र Lokchandra खनाल Khanal नेपाली विभाग,भद्रकाली बहुमुखी क्याम्पस, पोखरा Nepali Department, Bhadrakali Multiple Campus, Pokhara, TU

DOI:

https://doi.org/10.3126/awadharana.v7i1.49340

Keywords:

स्त्रीत्व, संस्कृति निर्मिति, सांस्कृतिक अधिकार, पुरुषत्व

Abstract

प्रस्तुत लेख निद्रा कथामा लैङ्गिकताको अवस्था पहिल्याउनमा केन्द्रित छ । निद्राकथा नेपाल सरकार शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रद्वारा कक्षा नौ को अनिवार्य  नेपाली विषयको पाठ्यपुस्तकमा समावेश गरिएको ऐतिहासिक विषयवस्तुमा आधारित कथा हो ।  लैङ्गिक अध्ययनले कुनै साहित्यिक कृतिमा नारी, पुरुष तथा अन्य लिङ्गीहरुको सामाजिक,सांस्कृतिक अवस्थाको खोजी गर्दछ । यसले सामाजिक, सांस्कृतिक दृष्टिले नारी, पुरुष तथा अन्यलिङ्गीहरुका बिचमा कुनै किसिमको भिन्नता हुनु हुँदैन भन्ने मान्यता राख्दछ । सन् १९६० को दशकपछि नारीवादी आन्दोलन विकसित हुँदै जाँदा लैङ्गिक चेतनाको विकास भएको पाइन्छ ।  लैङ्गिक अध्ययन अन्तर्गत नारीवाद, पितृसत्ता, सामाजिक लिङ्ग, लैङ्गिकता, पुलिङ्गता रसामाजिक लिङ्गभेद, शरीर राजनीति जस्ता विषय क्षेत्रहरु पर्दछन् । यस अध्ययन पत्रमा लैङ्गिक  अध्ययनको सैद्धान्तिक अवधारणा प्रस्तुत गर्दै निद्रा कथामा लैङ्गिकताको अवस्था कस्तो रहेको छ ? उक्त कथामा पात्रहरुको लैङ्गिक भूमिका कस्तो रहेको छ भन्ने कुराको खोजी गरिएको छ । अध्ययन पत्र तयार गर्नका लागि पुस्तकालय अध्ययनबाट सामग्री सङ्कलन गरिएको छ । गुणात्मक अनुसन्धान पद्धतिको उपयोग गर्दै तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरिएको छ । निद्रा कथामा देखाइएको परिवेश राणा दरबारको हो । यस कथामा तत्कालीन समयमा सम्भ्रान्त वर्गीय परिवारमा  पनि पुरुष अहम् तथा प्रभुत्वका अगाडि नारीका आवाजलाई बेवास्ता गरिएको देख्न सकिन्छ ।  पात्रको प्रयोगमा पुरुष पात्रको उपस्थिति नारीका तुलनामा सशक्त देखाइएको छ । नारीको भूमिकालाई कम प्रभुत्वका दिइए पनि आफ्नो अस्तित्व र पहिचानका लागि उनी निर्भीक देखिएकीछिन् । यसरी लैङ्गिक चेतनाका दृष्टिले प्रस्तुत निद्रा कथा महत्वपूर्ण कथा हो भन्ने निष्कर्षमा पुगिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
66
PDF
93

Author Biography

लोकचन्द्र Lokchandra खनाल Khanal , नेपाली विभाग,भद्रकाली बहुमुखी क्याम्पस, पोखरा Nepali Department, Bhadrakali Multiple Campus, Pokhara, TU

सहायक प्राध्यापक

Downloads

Published

2022-11-10

How to Cite

खनाल Khanal ल. L. (2022). निद्रा कथामा लैङ्गिकता {Gender in the Sleep Story}. AWADHARANA, 7(1), 24–32. https://doi.org/10.3126/awadharana.v7i1.49340

Issue

Section

Articles