लेखनाथ पौड्यालको गौथलीको चिरिबिरी कवितामा अद्वैत वेदान्त दर्शन {Advaita Vedanta philosophy in the poem of Gauthali ko Chiribiri by Lekhnath Paudyal}
DOI:
https://doi.org/10.3126/aj.v12i01.73567Keywords:
जगत्, ब्रह्म, माया, सत्यAbstract
प्रस्तुत लेखनाथ पौड्यालको गौथलीको चिरिबिरी कवितामा अद्वैत दर्शन शीर्षकको लेख वेदान्त दर्शनका आधारमा तयार गरिएको छ । यो लेख विषय–परिचय, अध्ययनको विधि, सैद्धान्तिक पर्याधार, गौथलीको चिरिबिरी कविताको विश्लेषण आदि उपशीर्षकका आधारमा तयार भएको छ । व्यक्ति आपूmले आर्जन गरेको घर, सम्पत्ति आदिलाई महत्त्व दिएर तिनको संरक्षण गर्न लागेको हुन्छ । मानिसले भौतिक वस्तुलाई सत्य माने पनि त्यो अविनाशी नभएर एक दिन समाप्त हुनपुग्दछ । यो दृश्य जगत्का कुनै पनि वस्तु सधैँ रहदैनन् । तिनले मानिसलाई नै दास बनाएर दुःख दिइरहेका छन् भन्ने भाव कवितामा प्रस्तुत भएको छ । गौथली आफ्नो गुँड भत्काएर घरलाई सफा राख्न खोज्ने घर मालिकलाई मेरो सम्मपत्ति भनेर माया गर्नु निरर्थक हो र संसारमा आफ्नो भन्ने वस्तु केही पनि नभएको प्रसङ्ग सुनाउँछ । पृथ्वीमा भएका पदार्थहरू सम्पूर्ण प्राणीहरूको साझा सम्पत्ति भएकाले मानिसले बनाएको घरमा आपूmमात्र नभई विभिन्न जीवजन्तुहरू पनि बस्दछन् । एउटाको मात्र गुँड नभत्काउन र सबै प्राणीलाई बराबर माया गर्न आग्रह गरिएको छ । कवितामा माया र भ्रममा परेर असत्य वस्तुलाई सत्य माने पनि ती नासवान् भएको प्रसङ्ग उल्लेख छ । संसारमा ब्रह्ममात्र सत्य भएकाले आफ्ना भनेका केही वस्तु पनि सत्य छैनन् भन्ने अद्वैत वेदान्त दर्शनका आधारमा निष्कर्ष निकालिएको छ ।