अस्तित्वको दाबीमा साबातको बैला उत्सब कवितामा बिम्बविधान {Imagery in poem 'Astitvako Dabima Sabatko Baila Utasav}

Authors

  • अनिल Anil अधिकारी Adhikari Nepali Department, Mahendra Adarsha Multiple Campus, Birtatnagar
  • रेखा Rekha रेग्मी Regmi Department of Nepali, Magdi Multiple Campus, Magdi

DOI:

https://doi.org/10.3126/aj.v11i11.67104

Keywords:

Imageries, Acknowledgement, Void, Divinity, Craft

Abstract

गुणात्मक अनुसन्धानविधि, पाठविश्लेषणकेन्द्री ढाँचा र विश्लेषणात्मक विधिको उपयोग हुने यस लेखको सैद्धान्तिक आधार बिम्बविधान हो । बिम्ब मूलभूत रूपमा साहित्यको शैलीयतत्त्व रहे पनि कृतिमा प्रतीयमान र व्यङ्ग्यार्थ सिर्जना गरी स्तरीय भावाभिव्यञ्जना र कलात्मक सौन्दर्य निर्माण गर्ने संरचक घटक हो । सङ्क्षिप्तताभित्र बृहत्तर विषयलाई समावेश गर्ने सामथ्र्य
भएको बिम्ब इन्द्रियतत्वले अनुभूति गर्ने तथा मानवसंज्ञानका आधारमा अर्थिने विशेषताका कारण साहित्यको शिल्पविधानलाई सुगठित तुल्याउने माध्यम बनेको छ । मनोवैज्ञानिक, सांस्कृतिक र शैलीपक्षीय बिम्बको प्रयोग भएको प्रस्तुत कविता बिम्बप्रयोगका कारण शक्तिशाली अभिव्यक्तिमा रूपान्तर भएको कृति हो । यस कवितामा मनोवैज्ञानिक बिम्बको प्रस्तुति मानवअस्तित्वको अस्पष्ट र धूमिल पक्ष पक्षलाई सन्दर्भित गर्दै स्वतन्त्रताविहीन नेपाली समाजको पीडाबोध र दमनका कारण सृजित जीवनको विसङ्गतता र व्यङ्ग्य तथा अपहरित मानवअस्तित्वको वास्तविकतासम्बद्ध पक्षको उद्घाटन गर्ने माध्यम बनेको छ । यस कवितामा सांस्कृतिक बिम्बले मानव अस्तित्वलाई ईश्वरीय सत्ताका सामु निरीह तुल्याई निस्सारता र विसङ्गतितर्फ धकेलेको, मान्छेमाथि वर्चस्व स्थापना गर्न सर्वशक्तिमान शक्तिको परिकल्पना गरी मान्छेमाथि नै दमन गरेको तथा विषय प्रस्तुत गरेको छ । यस लेखमा कवितामा आएका शिल्पशैलीगत बिम्ब नेपाली समाजको गतिहीन वास्तविकतालाई सङ्केत गर्ने प्रयोजनका लागि प्रस्तुत भएको विषयमा विमर्श भएको छ ।

{This research article is primarily concerned with the research problem on the use of imageries in the poem 'Astitvako Dabima Sabatko Baila Utsav'. The theoretical base of this article is on qualitative research method, textual analysis method by using imageries. Even if image is the style of literary writings, it also explores the innermost feelings of the artist and the artistic beauty of the text. By the use of limited diction, the artist succeeds to express broad perspective by the use of imageries. The imageries can be perceived with our senses and the knowledge we acknowledge through them make us feel how well-organize craft is the work of art. The poem 'Astitvako Dabima Sabatko Baila Utsav' implying the imageries from the psychological, cultural and crafty perspective and therefore, it sounds a powerful expression. By the use of psychological imageries, in the text, there is the discloser of the human existence that is under shade and through this medium the imageries show the relevance of unclean human existence addressing the feelings of the deprived Nepalese society for freedom and the evils created from the oppression, the deprivation of freedom, seize of human existence and so on. The function of cultural imageries in the poem has presented the fragile human existence in front of the divine power and push the human existence to void and presume the super power to rule upon humankind. The crafty imageries used in the poem depict the harsh reality of slow paced Nepali society.}

Downloads

Download data is not yet available.
Abstract
30
PDF
19

Downloads

Published

2024-06-25

How to Cite

अधिकारी Adhikari अ. . A. ., & रेग्मी Regmi र. R. . (2024). अस्तित्वको दाबीमा साबातको बैला उत्सब कवितामा बिम्बविधान {Imagery in poem ’Astitvako Dabima Sabatko Baila Utasav}. Adhyayan Journal, 11(11), 133–143. https://doi.org/10.3126/aj.v11i11.67104

Issue

Section

Articles