प्रोफेसर शर्माको डायरी लामो कवितामा बहुलार्थी प्रयोग

Authors

  • दुर्गाबहादुर घर्ती नेपाली केन्द्रीय विभाग त्रिवि

DOI:

https://doi.org/10.3126/jki.v9i2.57721

Keywords:

आख्यान, वस्तु, सङ्कथन, सङ्केत, सहभागी

Abstract

प्रस्तुत लेख विप्लव ढकालको प्रोफेसर शर्माको डायरी लामो कवितामा प्रयुक्त बहुलार्थी प्रयोगको अध्ययनमा केन्द्रित छ । कविताको लामो संरचनामा आख्यानको समावेश गरिएको पाइन्छ । घटना, पात्र, परिवेश जस्ता कुरा आख्यान संरचनाका लागि अपरिहार्य हुन्छ । प्रस्तुत लामो कवितामा आख्यानको प्रयोग गरिएको छ । यसमा प्रोफेसर शर्माको डायरीको कथा प्रस्तुत गरिएको छ । त्यस कथाको घटना, पात्र र वस्तुलाई विभिन्न अर्थमा बुझ्न सकिन्छ । शब्दको अर्थगत बहुलताको सैद्धान्तिक आधार उत्तरसंरचनावादी अवधारणा हो । त्यसको आरम्भ विनिर्माणवादबाट भएको हो । विनिर्माणवादका स्थापना ज्याक डेरिडाले गरेका हुन् । शब्दसँग अर्थ वा विचार पनि जोडिएर आउने हुनाले त्यसलाई अर्थकेन्द्रवाद पनि भन्न सकिन्छ । केन्द्रले संरचनाको खेललाई बन्द गरिदिन्छ भन्ने डेरिडाको मान्यता छ । केन्द्रको अनुपस्थितिमा हरेक कुरा सङ्कथन बन्दछ र अनन्त अर्थको खेल विस्तार गर्दछ । भाषाले कुनै विचार, वस्तु, व्यक्ति आदिको सङ्केत गर्दछ । त्यस सङ्केतले केन्द्रलाई प्रतिस्थापित गर्दछ । सङ्केतअन्तर्गत सङ्केतक र सङ्केतित पर्दछन् । शब्दकेन्द्रवाद द्विचर विरोधमा अडेको हुन्छ । डेरिडाले द्विचर विरोधको विलोपन र विपर्यास गरेका छन् । उनले आफ्ना अवधारणा ‘डिफराँस’ का आधारमा प्रस्तुत गरेका छन् । त्यो भनेको परम्परागत अर्थ स्थगित हुनु र अर्थ अन्यभन्दा भिन्न हुनु हो । त्यस प्रक्रियामा एउटा शब्दबाट अरू अर्थ बन्दै जान्छ र अर्थ चिप्लिरहने हुन्छ । अर्थका सम्बन्धमा अन्य उत्तरसंरचनावादी विद्वान्हरूले पनि आफ्ना दृष्टिकोण प्रस्तुत गरेका छन् । प्रस्तुत कविताको घटना, पात्र र वस्तुलाई विभिन्न अर्थमा बुझ्न सकिन्छ । तिनले सोझो अर्थमा शैक्षिक जगत्मा देखिने विकृतिको यथार्थलाई बुझाउने भए पनि त्यसलाई राजनीतिशास्त्र, मनोविश्लेषण, अस्तित्ववाद, शक्तिकेन्द्रका आधारमा पनि हेर्न सकिन्छ । प्रस्तुत लामो कविताका विषयमा विभिन्न विद्वान्हरूले विभिन्न ढङ्गमा अध्ययन गरे पनि अनेकार्थी प्रयोगका अध्ययन भएको पाइँदैन । त्यही नै प्रस्तुत अध्ययनको अनुसन्धान अन्तराल हो । यस अध्ययनमा पुस्तकालयकार्यद्वारा सामग्री सङ्कलन गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धतिअन्तर्गत पाठात्मक विश्लेषण विधिमा गरिएको छ । अनेकार्थी प्रयोगका दृष्टिले प्रस्तुत लामो कविता सफल रहेको छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।

Downloads

Download data is not yet available.
Abstract
88
pdf
19

Downloads

Published

2023-12-31

How to Cite

घर्ती द. . (2023). प्रोफेसर शर्माको डायरी लामो कवितामा बहुलार्थी प्रयोग. The Journal of Knowledge and Innovation, 9(2), 55–61. https://doi.org/10.3126/jki.v9i2.57721

Issue

Section

Nepali Section (peer review)