पूर्वीय दर्शनमा राजयोगको महत्त्व
DOI:
https://doi.org/10.3126/jki.v9i2.56896Keywords:
एकाग्रता, राजयोग, अचेतन, परिशोधन, प्रसुप्तAbstract
प्रस्तुत लेख पूर्वीय दर्शनमा राजयोगको महत्त्वसँग सम्बन्धित छ । यस लेखमा गुणात्मक अध्ययनविधि प्रयोग भएको छ । यस लेखमा पूर्वीय दर्शनमा राजयोगको स्थान कस्तो छ र यसको महत्त्व किन छ ? भन्ने प्रश्नको उत्तरका सम्बन्धमा चर्चा भएको छ । विश्लेषणात्मक विधि प्रयोग गरिएको छ । सम्पूर्ण योगको छाताको रूपमा रहेको राजयोगको महत्त्व र आवश्यकताका सम्बन्धमा विवेचना भएको छ । मानवीय जीवनमा राजयोगको गरिमा र महिमा हरेक धर्मशास्त्र, वेद, उपनिषद्हरूमा उल्लेख छ । वर्तमान अवस्थामा राजयोगले मानव जीवनमा पारेको प्रभाव विभिन्न अनुसन्धानबाट प्राप्त भइरहेको छ । महाभारतको युद्धभूमिमा विक्षिप्त, भ्रमित, भयभीत अवस्थामा रहेको अर्जुनको मनस्थितिलाई श्रीकृष्णले दिशानिर्देश गर्दे राजयोगको मार्ग बताउनु भएको थियो । क्रुद्ध, विक्षुब्द, रूग्ण व्यथित् मनोदशामा रहेको वर्तमान मानव मनलाई राजयोगको माध्यमबाट पुनः मानवीय क्षमता, धर्मप्रतिको विकास, स्वसम्मोहन, अचेतन परिशोधन, प्रसुप्त शक्तिको जागरण, एकाग्रता, सङ्कल्पबल र इच्छाशक्तिलाई प्रस्फुटन गर्नको लागि राजयोग सशक्त आधारको रूपमा लिने गरिन्छ । यसर्थ हरेक क्षेत्र, वर्ग, स्तर र उमेरका मानिसले युगानुकूल र समयानुकूल सहज राजयोगको अभ्यास गर्नुपर्ने अपरिहार्यता रहेको विषयमा विमर्श भएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2023 Research Management Cell (RMC), Mahendra Morang Adarsh Multiple Campus

This work is licensed under a Creative Commons Attribution-ShareAlike 4.0 International License.
This license enables reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.