नियोग प्रथाको सांस्कृतिक रूपान्तरण

Authors

  • सुशीलकुमार अधिकारी इतिहास, संस्कृति तथा पुरातत्त्व विभाग, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगर

Keywords:

आर्य सभ्यता, नियोग प्रथा, वैदिक समाज, आर्यसं स्कृति

Abstract

प्रस्तुत नियोगप्रथाको सांस्कृतिक रूपान्तरणसँग सम्बन्धित रहेको छ । गुणात्मक अध्ययनविधि अवलम्बन गरी पूर्णता प्रदान गरिएको छ । यस अध्ययनमा नेपालमा नेपाली नारी जो सनातन हिन्दू धर्मावलम्बी छन्, उनीहरूको विधवा जीवन हालसम्म पनि नारकीय नै रहिरहेको पाइएको छ । फाट्टफुट्ट रूपमा विधवा विवाहलाई सकारात्मक रूपमा सोच्ने प्रवृत्तिको विकास हुँदै गइरहेको भए पनि अझै पनि पूर्ण स्वीकारयोग्य बनाउनु पर्ने दिशामा सवै अग्रसर हुनुपर्दछ भन्ने मान्यता स्थापित गर्न यो लेख प्रस्तुत गरिएको हो । यसक्रममा वैदिक कालमै विधिविधानपूर्वक विवाह समारोह सम्पन्न हुने कुराको उल्लेख विभिन्न स्रोतहरूलेगरेका छन् । “विवाह” शब्दको उल्लेख सर्वप्रथम उत्तरवैदिक समयका तैत्तरिया संहिता र ऐतेरेय ब्राम्हणमा परेको बताइएको छ । समाजमा स्वीकृत र आदर्शमय विवाह संस्कारका अतिरिक्त स्त्रीलाई स्वीकृत पुरूष वा विवाहित पुरूष बिना पनि वा कोही कसैको पनि सन्तान उत्पादन नगरिकन नै म¥यो भने त्यस्ती विधवा वा पतिविहिन महिला निसन्तान हुने अवस्थामा उसले सन्तान प्राप्ति हेतु मात्र कुनै पनि अन्य पुरूषसँग सहवास गरी बच्चा जन्माउन पाउने व्यवस्थालाई “नियोग” प्रथा भनिएको वा मानिएको निष्कर्ष निकालिएको छ ।

Abstract
317
pdf
0

Downloads

Published

2023-05-10

How to Cite

नियोग प्रथाको सांस्कृतिक रूपान्तरण . (2023). The Journal of Knowledge and Innovation, 9(1), 103-108. https://doi.org/10.3126/jki.v9i1.53951

Issue

Section

Nepali Section (peer review)

How to Cite

नियोग प्रथाको सांस्कृतिक रूपान्तरण . (2023). The Journal of Knowledge and Innovation, 9(1), 103-108. https://doi.org/10.3126/jki.v9i1.53951