नयाँ इतिहासको प्रारम्भ कथामा समाख्यानात्मक कथनीयता

Authors

  • रेखा रेग्मी म्याग्दी क्याम्पस बेनी
  • बेनुबहादुर कार्की

DOI:

https://doi.org/10.3126/jki.v9i2.53522

Keywords:

समाख्याता, समाख्यानात्मक, अनुभूति, सामाजिक, सांस्कृतिक

Abstract

प्रस्तुत लेख कथाकार भवानी भिक्षुको नयाँ इतिहासको प्रारम्भ कथा समाख्यानात्मक कथनीयता सम्बद्ध रहेको छ । मनोवैज्ञानिक यथार्थवादलाई कथालेखनको रुचिक्षेत्र बनाएका यिनका कथामा तराईको जनवीवन र जनजीविकाले स्थान पाएका छन् । प्रस्तुत नयाँ इतिहासको प्रारम्भ कथा २००७ सालको राजनीतिक क्रान्ति र प्रतिक्रान्तिले नेपाली समाजलाई पारेको प्रभाव र असरलाई विषयका रूपमा चयन गरी लेखिएको कथा हो । आख्यानशास्त्रीय सैद्धान्तिक मानकका आधारमा भिक्षुका कथाको अध्ययन र अनुसन्धान भए पनि समाख्यानशास्त्रीय सिद्धान्त र यस सिद्धान्तका मानकका आधारमा कथाको अनुसन्धानमा रिक्तता रहेको छ । नयाँ इतिहासको प्रारम्भ कथामा समाख्यानात्मक कथनीयता मूल समस्याको निराकरणका लागि सैद्धान्तिक विधान अनुरूप मानवीय अनुभव र अनुभूतिको गहिराई, प्रस्तुतीकरणको प्रभावकारिता तथा सामाजिक÷सांस्कृतिक पक्षका आधारमा विवेचना गरिएको छ । सामग्री विश्लेषणका लागि पाठविश्लेषणकेन्द्री गुणात्मक अनुसन्धान ढाँचाको उपयोग गरिएको छ । सैद्धान्तिक पर्याधारका रूपमा समाख्यानात्मक कथनीयतालाई आधार बनाइएको छ । आख्यानात्मक पाठमा समाख्याताले कथ्यविषयलाई प्रस्तुतीकरण गर्ने ढाँचाअन्तर्गत सामाजिक÷सांस्कृतिक रूपमा स्थापित रहेका लोकविश्वास, लोकविश्वाससम्बद्ध मानवीय अनुभव, सामाजिक ज्ञानका विषयलाई परिभाषित गर्ने समुदायको अनुभूतिजस्ता विषयलाई आधार मानी आख्यानको विश्लेषण गर्ने अवधारणा नै कथनीयता हो । प्रस्तुत कथामा समाख्याताले समाज परिवर्तन र सामाजिक रूपान्तरणका लागि सञ्चालित अभियानको उत्कर्ष रूप रहेको क्रान्ति सफलतापछिको अँध्यारो पक्षलाई कथ्यविषयका रूपमा चयन गरेको छ । क्रान्तिको सफलतासँगै सत्तासीन बनेका क्रान्तिकारीले राजनीतिक तरलतामा रहेका सामाजिक विश्वास र क्रान्तिप्रतिको आम नागरिकको उत्साहलाई प्रतिक्रान्तिले निराशामा परिणत गरेको विषय प्रमुख कथनीय सन्दर्भका रूपमा आएको छ । तृतीयपुरुष समाख्याताले प्रस्तुत गरेको कथ्यकथनमा क्रान्तिको सफलताको उन्मादपूर्ण विषयलाई बढाइचढाई व्याख्या गरेर नथाक्ने इतिहासलेखन अधुरो रहेकाले इतिहासको पूर्णताका लागि अवसर पाएकाहरू सँगै गरमाएकाहरूको पनि इतिहास लेखिनुपर्ने आवाज उठाएको छ । समाख्याताले स्थितिवर्णनपरक प्रस्तुतिका माध्यमबाट कथ्यविषयलाई वर्णनात्मक ढाँचामा विषयलाई पूर्णता दिएको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
41
pdf
15

Downloads

Published

2023-12-31

How to Cite

रेग्मी र. ., & कार्की ब. (2023). नयाँ इतिहासको प्रारम्भ कथामा समाख्यानात्मक कथनीयता. The Journal of Knowledge and Innovation, 9(2), 74–80. https://doi.org/10.3126/jki.v9i2.53522

Issue

Section

Nepali Section (peer review)