खससाम्राज्यको नेपाली अभिलेखन : सर्वेक्षण, चुनौती र निकास

Authors

  • यमनाथ तिमिल्सिना नेपाली विभाग, पृथ्वीनारायण क्यामपस, पोखरा

Keywords:

अभिलेखन, कनकपत्र, कीर्तिस्तम्भ, टमोटा, मुदपात, रेष, विंत्यारु

Abstract

‘खससाम्राज्यको नेपाली अभिलेखन : सर्वेक्षण, चुनौती र निकास’ शीर्षकको यो आलेख नेपाली लेख्यपरम्पराको थालनीदेखि खससाम्राज्यको विघटनपूर्वका अभिलेखको अध्ययनमा केन्द्रित छ । पुस्तकालयबाट आवश्यक द्वितीयक सामग्री सङ्कलन गरी निगमनात्मक तथा वर्णनात्मक विधिको प्रयोग गर्दै भाषाविज्ञानका जानकार व्यक्तिहरूसँग छलफल गरेर आलेखलाई पूर्णता दिइएको हो । यहाँ नागराज र खस जातिका मानिस तिब्बतबाट कर्णाली प्रदेशको जुम्लास्थित सिंजा उपत्यकामा आई खससाम्राज्यको स्थापना गरेर जनसाधारणको खस बोलीलाई अभिलेखन गरी राजकीय मान्यता दिएको तथ्य अघि सारिएको छ । अग्रज विद्वान्हरूको पूर्वकार्यको विवरण पेस गर्दै अध्ययन हुन बाँकी रहेको विषयलाई समेटी प्राचीनकालीन नेपाली अभिलेखको भाषिक कोणबाट सर्वेक्षण गरेर वि.सं. ११५१ को वामु खँड्काको स्तम्भलेखबाट नेपाली भाषाले अभिलेखनमा प्रवेश गरेको देखाइएको छ । नेपाली अभिलेखनमा उठाइएका विषयसन्दर्भहरू, नेपाली अभिलेखनका विशेषताहरू, चोपिला शब्दको अर्थबोध, नेपाली उखान र टुक्काको सर्वेक्षण गरिएको छ । खससाम्राज्य विघटनपूर्वका नेपाली अभिलेखहरूको अध्ययनमा देखिएको चुनौतीलाई अभिलेखको समय विवाद, अभिलेखन उतारमा विविधता, स्थानीय भाषिकाको प्रयोग, शब्दका रूप र अर्थ अनेक हुनु, मिश्रित भाषाको प्रयोग, लिपि वा वर्ण पहिचानमा समस्या आदि बुँदामा केन्द्रित भएर प्रस्ट्याइएको छ । अभिलेखन अध्ययनमा देखिएका चुनौतीको निकासमा विज्ञहरूको सामूहिक निर्णयबाट समयको विवाद मिलाउने, अभिलेखन उतारमा देखिएका समस्यामा लिपिविज्ञ, भाषाशास्त्री र इतिहासकारको उपस्थितिमा निकास खोज्नुपर्ने, भाषिकाका कारण उत्पन्न समस्या भाषिकाका जानकार व्यक्तिबाट हटाउने, मिश्रित भाषाबाट उत्पन्न चुनौतीका लागि संस्कृत, तिब्बती र नेपाली भाषाका विज्ञबाट निकास खोज्ने र राष्ट्रले उचित भाषानीति र भाषायोजना बनाई सामूहिक वातावरण तयार गरेर वा संस्थागत निर्णयबाट चुनौतीको निकास खोज्न सुझाव दिइएको छ । अन्त्यमा खससाम्राज्यका नेपाली अभिलेखको सङ्कलन र भाषिक सर्वेक्षण गरी अध्ययनमा उठेका चुनौती र चुनौतीको निकास प्रस्तुत गर्दै अध्ययनको उपलब्धि तथा निष्कर्ष दिइएको छ ।

Abstract
206
PDF
0

Downloads

Published

2022-12-31

How to Cite

तिमिल्सिना य. (2022). खससाम्राज्यको नेपाली अभिलेखन : सर्वेक्षण, चुनौती र निकास. Janapriya Journal of Interdisciplinary Studies, 11(1), 119-132. https://doi.org/10.3126/jjis.v11i1.53920

How to Cite

तिमिल्सिना य. (2022). खससाम्राज्यको नेपाली अभिलेखन : सर्वेक्षण, चुनौती र निकास. Janapriya Journal of Interdisciplinary Studies, 11(1), 119-132. https://doi.org/10.3126/jjis.v11i1.53920