इथर नाटकको पात्रविधानमा प्रयोगशीलता

Authors

  • गणेश चालिसे जनप्रिय बहुमुखी क्याम्पस

Keywords:

स्वैरकल्पना, प्रतीकात्मक, यन्त्रमानव, प्रयोगशीलता, स्वविकेन्द्रित

Abstract

प्रस्तुत अध्ययन सरूभक्तद्वारा लिखित इथर नाटकमा प्रयुक्त पात्रविधानमा प्रयोगशीलतामा केन्द्रित छ । यस नाटकका चरित्रमा पाइने प्रयोगशील पक्षको निरूपण गर्नु यस अध्ययनको उद्देश्य हो । इथर नाटकमा प्रयुक्त पात्रगत नवीन प्रयोगको पहिचान प्रयोगशील नाट्य मान्यताका सापेक्षतामा गरी पात्रविधानमा पाइने प्रयोगशील प्रवृत्तिको पहिचान यस अध्ययनमा गरिएको छ । पूर्व स्थापित चरित्र सम्बन्धी नाट्यमान्यताहरूलाई खण्डन मण्डन र निलम्बन गर्ने कार्य कसरी भएको छ भन्ने खोजी यस शोधलेखमा गरिएको छ । स्थापित मान्यताबाट नवीनतातिरको यात्रा र एक मान्यतालाई बहुल मान्यतामा रूपान्तरण गर्न गरिने अभ्यास एवम् नव प्रयोगको विधिलाई प्रयोगशीलता भनिन्छ । यस नाटकमा परम्परितभन्दा भिन्न पात्रको प्रयोग गरिएको पाइन्छ । इथर नाटकमा मानवीय तथा यान्त्रिक पात्रको प्रयोग गरिएको छ । प्रमुख पात्र डा. एक्स, श्रीमती एक्स १, छोरी एक्स ० र डा.एम जस्ता पात्र विश्वजनीन, प्रतीकात्मक, शून्यवादी मान्यताबाट प्रभावित र असामान्य छन् भने ०१,०२, ०३ जस्ता पात्र रूपान्तरित, स्वैरकाल्पनिक, साङ्केतिक पात्रका रूपमा आएका छन् । यन्त्रलाई पात्रत्व प्रदान गर्नु, गणितीय चिन्हको प्रयोग गर्नु, स्वैंरकाल्पनिक, प्रतीकात्मक, सार्वभौम एवम् लेखकीय शून्यवादी अवधारणबाट प्रभावित पाइनुले यस नाटकमा पात्रगत नवप्रयोग देखिई नाटकको चरित्र सम्बन्धी शास्त्रीय नाट्य मान्यता भत्किन पुगेको देखिन्छ ।

मुख्य शब्दावली– ,  , , , 

Abstract
203
PDF
0

Downloads

Published

2022-07-25

How to Cite

चालिसे ग. (2022). इथर नाटकको पात्रविधानमा प्रयोगशीलता. Janapriya Journal of Interdisciplinary Studies, 9(1), 45-55. https://doi.org/10.3126/jjis.v9i1.46532

How to Cite

चालिसे ग. (2022). इथर नाटकको पात्रविधानमा प्रयोगशीलता. Janapriya Journal of Interdisciplinary Studies, 9(1), 45-55. https://doi.org/10.3126/jjis.v9i1.46532