मिथिलाञ्चलका ब्राह्मण जाति — एक अध्ययन
DOI:
https://doi.org/10.3126/av.v8i1.74059Keywords:
दश ब्राह्मण, गोत्र–प्रवर, मैथिल–ब्राह्मण, पञ्जीप्रथा, भूमिहार–ब्राह्मणAbstract
मिथिलाञ्चल क्षेत्र अहिले नेपाल र भारत गरी दुई राष्ट्रहरूको भूभागको रूपमा विभाजित अवस्थामा रहेको छ । यहाँका निवासी दुई राष्ट्रका नागरिक भए तापनि यस क्षेत्रको सामाजिक परम्परा र संस्कृति समान रहेका छन् । हिन्दू समाजमा जाति–व्यवस्था कायम रहेको छ । यस व्यवस्थामा ब्राह्मण जातिलाई सबैभन्दा उच्च जातिको रूपमा मानिएको पाइन्छ । ब्राह्मण जातिलाई भौगोलिक बसोबासको हिसाबले दश प्रकारमा विभाजित गरिएको देखिन्छ । यसमा विन्ध्याचलदेखि दक्षिणका ‘पञ्चद्रविड़’ अन्तर्गत कर्णाट, गुर्जर, तैलंग, द्रविड़ र महाराष्ट्र ब्राह्मणहरू पर्दछन् भने विन्ध्याचलदेखि उत्तरका ‘पञ्चगौड़’ अन्तर्गत उत्कल, कान्यकुब्ज, गौड़, मैथिल र सारस्वत ब्राह्मणहरू रहेका छन् । मिथिलाञ्चल क्षेत्रमा निवास गर्ने मुख्य ब्राह्मण मैथिल–ब्राह्मण हुन् । मैथिल–ब्राह्मण जातिमा पञ्जीप्रथाको प्रचलन रहेको छ । यो रक्तशुद्धिकालागि विहित पारिवारिक परिवेशमा वैवाहिक सम्बन्ध स्थापित गर्न बनाइएको विश्वकै एउटा विशिष्ट सामाजिक व्यवस्था हो । अर्कोतिर, मूलरूपमा मैथिल भए पनि कालान्तरमा भूमि–व्यवस्थासित संलग्न भएका हुनाले भूमिहार–ब्राह्मणहरू एउटा बेग्लै जातिको रूपमा समाजमा मान्यता पाएका छन् । यसैगरी, मिथिलाञ्चल क्षेत्रमा अनेक राज्य व्यवस्था सञ्चालन गरेका दोनवार–ब्राह्मण जातिका निवासीहरू रहेका छन् । यिनीहरू कान्यकुब्ज समूहमा पर्ने ब्राह्मण हुन् । त्यस्तै, गौड़ समूहमा पर्ने सनाढ्य–ब्राह्मण जातिका पनि केही परिवार मिथिलाञ्चल क्षेत्रमा रहेका छन् । यस क्षेत्रमा दसौंझी–ब्राह्मण नामक एउटा जाति बस्दछन्, जुन वास्तवमा भाट समूहका मानिएका ब्राह्मण भनिन्छन् । यस अतिरिक्त, सकलदीपी–ब्राह्मण जातिको पनि यस क्षेत्रमा निवास रहेको छ, जसको सम्बन्ध मौलिक रूपमा शाकद्वीपसित रहेको भनिन्छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
© Academic Voices: A multidisciplinary Journal
All rights reserved. No part of this journal may be reproduced in any form or by any electronic or mechanical means, including information storage and retrieval system, without permission in writing from the publisher/writers, except by a reviewer who may quote brief passages in a review.