‘हामी’ कवितामा ध्वनि–सौन्दर्य
DOI:
https://doi.org/10.3126/vot.v10i1.89621Keywords:
अभिधा, ध्वन्यर्थ, प्रतीकात्मकता, मूल्यहीनता, व्यङ्ग्यार्थAbstract
प्रस्तुत लेखमा भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे कवितासङ्ग्रहमा सङ्गृहीत ‘हामी’ कवितालाई पूर्वस्थापित मान्यता ध्वनिसिद्धन्तका आधारमा विश्लेषण गरिएको छ । सर्वेक्षण, सूक्ष्म पठन तथा पाठविश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको यसमा पूर्वीय चिन्तनअन्तर्गत आनन्दबर्धनको ध्वनिसिद्धान्तका आधारमा हामी कविताको विश्लेषण गरिएको छ । यस कवितामा ध्वन्यात्मक अर्थ सामथ्र्य केकसरी प्रस्तुत भएको छ भन्ने कुरा देखाउनु उद्देश्य रहेको यसमा हामी अर्थात् तत्कालीन नेपाली जनताको दीनहीन र दिशाहीन अवस्थालाई प्रस्ट पारिएको छ । हामी पाइतला, क्यारेमबोर्डका गोटी वा पानीका थोपाजस्तै भएर बाँच्न विवश भएको कुरा यस कवितामा सारतइभ्वका रूपमा व्यञ्जित छ । हाम्रो अस्तित्व लिलिपुटका लघु मानवको झैँ भएको छ । हामी कुनै शक्तिरूपी गुलिभरलाई आफ्नो अस्तित्व सुम्पेर उसैमा समर्पित भएर बाँचेका छौँ र यस्तो बचाइ अर्थहीन भए पनि यही अर्थहीनतालाई पूजा गर्दै बाँचाँै र केही होइनका बीचमा केही हौँ भनेर बाँचौँ भन्ने अस्तित्ववादी चिन्तन निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ र यसले ध्वन्यात्मक रूप प्राप्त गरेको छ । यहाँ हामी मानवभित्रका विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक प्रस्तुति गरिएको छ । नेपाली जाति पराश्रित बन्दै गएका कारण उसको अस्तित्व समाप्त हुँदै गएको विषयसँगै हामीभित्रको हामीपनलाई चिन्न नसकी आजको मान्छे एकलव्य बनेकोप्रति व्यङ्ग्य गरिएको यसमा बिम्बप्रतीक