‘हामी’ कवितामा ध्वनि–सौन्दर्य

Authors

DOI:

https://doi.org/10.3126/vot.v10i1.89621

Keywords:

अभिधा, ध्वन्यर्थ, प्रतीकात्मकता, मूल्यहीनता, व्यङ्ग्यार्थ

Abstract

प्रस्तुत लेखमा भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे कवितासङ्ग्रहमा सङ्गृहीत ‘हामी’  कवितालाई पूर्वस्थापित मान्यता ध्वनिसिद्धन्तका आधारमा विश्लेषण गरिएको छ । सर्वेक्षण, सूक्ष्म पठन तथा पाठविश्लेषणको विधि प्रयोग गरी समग्रमा विश्लेषणात्मक विधिमार्फत सामान्यीकृत निष्कर्ष प्रस्तुत गरिएको यसमा पूर्वीय चिन्तनअन्तर्गत आनन्दबर्धनको ध्वनिसिद्धान्तका आधारमा हामी कविताको विश्लेषण गरिएको छ । यस कवितामा ध्वन्यात्मक अर्थ सामथ्र्य केकसरी प्रस्तुत भएको छ भन्ने कुरा देखाउनु उद्देश्य रहेको यसमा हामी अर्थात् तत्कालीन नेपाली जनताको दीनहीन र दिशाहीन अवस्थालाई प्रस्ट पारिएको छ । हामी पाइतला, क्यारेमबोर्डका गोटी वा पानीका थोपाजस्तै भएर बाँच्न विवश भएको कुरा यस कवितामा सारतइभ्वका रूपमा व्यञ्जित छ । हाम्रो अस्तित्व लिलिपुटका लघु मानवको झैँ भएको छ । हामी कुनै शक्तिरूपी गुलिभरलाई आफ्नो अस्तित्व सुम्पेर उसैमा समर्पित भएर बाँचेका छौँ र यस्तो बचाइ अर्थहीन भए पनि यही अर्थहीनतालाई पूजा गर्दै बाँचाँै र केही होइनका बीचमा केही हौँ भनेर बाँचौँ भन्ने अस्तित्ववादी चिन्तन निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ र यसले ध्वन्यात्मक रूप प्राप्त गरेको छ । यहाँ हामी मानवभित्रका विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक प्रस्तुति गरिएको छ । नेपाली जाति पराश्रित बन्दै गएका कारण उसको अस्तित्व समाप्त हुँदै गएको विषयसँगै हामीभित्रको हामीपनलाई चिन्न नसकी आजको मान्छे एकलव्य बनेकोप्रति व्यङ्ग्य गरिएको यसमा बिम्बप्रतीक 

Downloads

Download data is not yet available.
Abstract
6
PDF (Nepali)
2

Author Biography

Guru Prasad Pokharel, Tribhuvan University, Padmakanya Multiple Campus, Baghbazar Kathmandu

Lecturer, Department of Nepali

 

Downloads

Published

2025-12-31

How to Cite

Pokharel, G. P. (2025). ‘हामी’ कवितामा ध्वनि–सौन्दर्य. Voice of Teacher, 10(1), 112–125. https://doi.org/10.3126/vot.v10i1.89621

Issue

Section

Articles