तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}

Authors

  • अरुणकुमार Arunkumar काफ्ले Kafle पद्मकन्या बहुमुखी क्याम्पस Padma Kanya Multiple Campus, TU

DOI:

https://doi.org/10.3126/vot.v7i01.51040

Keywords:

भगवान् बुद्ध रथयात्रा, अमूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा, अमरनारायण रथयात्रा, भगवती जात्रा, गाईजात्रा, वटुक भैरव जात्रा, गणेश जात्रा, भीमसेन जात्रा, कालभैरव जात्रा, शीतलादेवी खटयात्रा, Bhimsen jatra, kal bhairab Jatra

Abstract

यो लेखमा पाल्पा जिल्ला स्थित तानसेन नगरपालिकाभित्र मनाइने जात्रा तथा पर्व र तिनीहरूमा पाइने अमूर्त सांस्कृतिक पक्षको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषण गरिएको छ । पाल्पा जिल्लाको तानसेन बजार मूलतः मध्यकालीन सहर हो । तानसेनमा विशेषतः मध्यकालदेखि नै नेवार, ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, थकाली जस्ता समुदायका मानिसहरू बसोवास गर्दै आएका छन् । यद्दपि नेवार तथा मगर यहाँ बसोवास गर्ने प्रमुख समुदाय हुन् । धार्मिक दृष्टिकोणले तानसेन सहरमा विशेषतः हिन्दू तथा वौद्ध धर्मसँग सम्बन्धित समुदायको बसोवास छ । तानसेन सहरको संस्कृतिर सांस्कृतिक सम्पदा भन्नासाथ मूलतः उक्त समुदायका साथै हिन्दू तथा वौद्ध धर्मसँग सम्बन्धित भौतिक संरचना एवम् अभौतिक परम्पराहरू बुझ्ने गरिन्छ । मूर्त तथा अमूर्त सम्पदाको अभाव तानसेन नगरमा देखिदैन । यहाँ मूर्त तथा अमूर्त दुबै स्वरूपका सम्पदा पाइन्छन् । त्यसलाई तानसेन नगरको शक्ति र सार्मथ्य मान्नु एवम् ठान्नु पर्दछ । यो लेख मूलतः अमूर्त संस्कृति र सांस्कृतिक सम्पदाको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषणमा केन्द्रित छ । अतः हिन्दू तथा वौद्ध धर्म र उक्त समुदायसँग सम्बन्धित जातीय कुल परम्परा अनुसार संस्कारगत कर्म, चाडपर्व, व्रतउपासना, धार्मिकअनुष्ठानका साथै युनेस्कोले वर्गीकरण गरेका पाँचवटा विद्यामध्ये सामाजिक व्यवहार, अनुष्ठान तथा चाडपर्व उत्सवसँग सम्बन्धित विशेषतः तानसेनका जात्रा तथा पर्वहरूको अध्ययन गरिएको हो । यसक्रममा अमरनारायण रथयात्रा, भगवती जात्रा, गाईजात्रा, वटुक भैरव जात्रा, गणेश जात्रा, भीमसेनजात्रा, कालभैरव जात्रा श्रीपञ्चमी, शीतलादेवी खटयात्रा, भगवान् बुद्ध रथयात्रा जस्ता पर्वहरूको पहिचान, सङ्कलन, वर्गीकरण तथा विश्लेषण यस लेखमा भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
32
PDF
32

Author Biography

अरुणकुमार Arunkumar काफ्ले Kafle, पद्मकन्या बहुमुखी क्याम्पस Padma Kanya Multiple Campus, TU

सह प्राध्यापक, संस्कृति विभाग Associate Professor 

Downloads

Published

2022-12-24

How to Cite

काफ्ले Kafle अ. A. (2022). तानसेनका महत्वपूर्ण जात्रा तथा पर्वः अमूर्त सांस्कृतिक पक्षको अध्ययन {Important Jatras and Festivals of Tansen: A Study of Abstract Cultural Aspects}. Voice of Teacher, 7(01), 145–154. https://doi.org/10.3126/vot.v7i01.51040

Issue

Section

Articles