तामाङ लोक संस्कृति र सेलो गीतको सूक्ष्म विश्लेषण
DOI:
https://doi.org/10.3126/voice.v16i2.72788Keywords:
तामा सेलो, बोन्पो, थाक खोला, आदिवासी, दस्तावेजAbstract
प्रस्तुत लेख काठमाडौँ वरिपरिका डाँडाकाडा र त्यहाँबाट वसाइसराई गरी नेपालगन्ज तराई प्रदेशमा झरेका केही तामाङ जातिको ऐतिहासिक–सामाजिक र सांरकृतिक विशिष्टता र नेपालको गौरवपूर्ण लोकसंस्कृतिमित्र रहेको ‘तामाङ्सेलो’ जस्तो लोकसंस्कृति झल्काउने लोकगीतको अर्थ, संरचनागत ढाँचा र यसले समाज र राष्ट्रप्रति देखाएको राष्ट्रभाव, प्रकृतिप्रेम र पयविरणको सुरक्षणमा कस्तो भूमिका खेलेको छ भन्ने विषयलाई केन्द्रित गरी शोध विवेचना गरिएको छ । भातवशास्त्री र पुरातत्वशास्त्रीहरुका अध्ययनले समेत तामाङ जातिको लोककला र लोकव्यवहारको स्थल काठमाडौँ उपत्यकाको वरिपरि भएपनि यसको प्रभाव अन्य स्थानमा सम्म पनि देखाइएको छ । तामाङ समाज र संस्कृतिमा देखिएका अनेकौँ लोक संस्कृति र लोकसभ्यताहरु आजको पश्चिमी संस्कृतिको प्रभावका कारण लोपोन्मुख अवस्थामा गइरहेका छन् । जसको संरक्षण र सम्बद्ध गर्नु मूल हेतुका साथ प्रस्तुत आलेख लेखिएको छ । यसमा अध्ययनको स्थलगत विधि प्रयोग गरी तयार पारिएको छ । यस आलेखमा अन्तर्वार्ता र उपत्यकाबाहिर रहेका सम्बन्धित विषयका सरोकार वालासँग गरिएको संवादबाट तयार पारिएको छ ।
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 Author
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC: This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.