सिद्धिचरण श्रेष्ठको ज्यानमारा शैल खण्डकाव्यको विधातात्त्विक अध्ययन
DOI:
https://doi.org/10.3126/voice.v16i1.67426Keywords:
सामाजिक, वियोगान्त, जातभात, शोक, करुणरस आदिAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख स्वच्छन्दतावादी काव्यधाराका सहप्रवर्तक खण्डकाव्यकार सिद्धिचरण श्रेष्ठद्वारा रचित ज्यानमारा शैल खण्डकाव्यको अध्ययनमा केन्द्रित छ । अध्ययन गर्दा पूर्वीय तथा नेपाली खण्डकाव्य तत्त्वका आधारमा अध्ययन गरिएको छ । श्रेष्ठका नेपाली भाषामा लेखिएका नौ वटा खण्डकाव्यमध्ये प्रकाशनका दृष्टिले दोस्रो ज्यानमारा शैल खण्डकाव्य करुणरस प्रधान खण्डकाव्य हो । पूर्वीय काव्यशास्त्रीय मान्यताअनुसार खण्डकाव्यका शीर्षकसंरचना, विषयवस्तु, उद्देश्य वा मूलभाव, पात्र, परिवेश, भाषाशैली एवं विम्बप्रतीक अलङ्कार तत्त्वका आधारमा अध्ययन गरी निष्कर्ष निकालिएको छ । कृतिभित्रको विषयवस्तुले तत्कालीन नेपाली समाजमा व्याप्त सामाजिक आर्थिक एवं जातीय विभेदलाई चित्रण गर्दै जातिभेदका आधारमा खण्डकाव्यका प्रमुख पात्र शैल र उमाका बिचको प्रेम विवाहमा परिणत हुननसकी वियोगान्त बन्न पुगेको छ । अभिभावकहरुले आप्mना सन्तानको भावना भन्दा परम्परागत कुल घरान, उँचनिच, धनीगरिबजस्ता सामाजिक अवस्थाका आधारमा निर्णय गर्ने अवस्थालाई विशिष्ट रुपमा उठाइएको छ । स्वच्छन्दतावादी खण्डकाव्यकार श्रेष्ठले सामाजिक विभेदको अन्त्य र सुधारको आग्रह विकृतिविसङ्गतिको अन्त्य र सन्तानको भावनाको कदर हुनुपर्ने विशिष्ट सन्देश दिएको यस अध्ययनको निष्कर्ष छ । जातीयता र आर्थिक कारणले उमा र शैलको निश्छल प्रेम सफल हुननसकी वियोगान्त रुपमा कथावस्तु समाप्त भएकोले सामाजिक यथार्थवादी खण्डकाव्यका रुपमा यस खण्डकाव्यलाई लिइएको छ ।
Downloads
Downloads
Published
How to Cite
Issue
Section
License
Copyright (c) 2024 The Author(s)
This work is licensed under a Creative Commons Attribution-NonCommercial 4.0 International License.
CC BY-NC: This license allows reusers to distribute, remix, adapt, and build upon the material in any medium or format for noncommercial purposes only, and only so long as attribution is given to the creator.