भाषिक सिप सिकाइमा कविताको प्रयोग {Use of poetry in teaching language skills}

Authors

  • इन्द्रबहादुर Indrabahadur भण्डारी Bhandari त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, बाँके

DOI:

https://doi.org/10.3126/voice.v15i1.58164

Keywords:

खण्डान्वय, परिष्कार, सङ्कथन, विचारवनिमय, सम्मिश्रण, अद्भूत बोध र अभिव्यक्ति, छन्दोबद्ध

Abstract

साहित्यका विविध विधाहरू मध्ये कविता विधालाई पनि एउटा सशक्त र सम्पन्न विधाका रूपमा लिने गरिइन्छ । कविता विधा प्राचीन समयदेखि नै लोकप्रिय र समृद्ध विधाका रुपमा स्थापित भएको छ । कविता शिक्षण कार्य पहिलेदेखि नै चल्दै आए पनि त्यस शिक्षण कार्यको उद्देश्य भाषा शिक्षण नभएर ज्ञानका लागि र चरित्र निर्माण लागि कविता शिक्षण गर्ने परिपाटी थियो तर आधुनिक कालमा भाषिक सिपको विकासका लागि कवितालाई शैक्षिक सामग्रीका रुपमा प्रयोग हुन थालेपछि कविता शिक्षाणका विभिन्न पद्यतिहरुको खोजी हुन थालेको छ । हाल भाषा शिक्षणका लागि कविता विधा अत्यन्तै उपयोगी सामग्री मानिन्छ । भाषाको सामान्य प्रयोग देखि लिएर विशिष्ट प्रयोगका लागि कविता शिक्षण अत्यन्तै उपयोगी मानिन्छ । आज नेपाली भाषाको प्रयोग क्षेत्र निकै व्यापक भइसकेको छ । नेपाली भाषाको प्रयोग क्षेत्रमा सबभन्दा विकसित क्षेत्र साहित्यको भएकोले हामी सर्वसाधारण र शिक्षितहरुमा यसको कुरा गर्दा विशेष गरेर साहित्यिक क्षेत्रमा केन्द्रित हुने प्रवृत्ति रहेको पाइन्छ । तर अहिले नेपाली भाषा साहित्यिक प्रयोगको विषय मात्र नभएर ज्ञान विज्ञान तथा प्राविधिक विभिन्न क्षेत्रमा पनि दिन प्रतिदिन बढि रहेको छ । आज यो भाषा देशको आधुनिकीकरणका विविभ पक्ष, व्यवसाय, शिक्षा, राजनीति, अर्थतन्त्र, कानुन, विज्ञान,सञ्चार आदिमा देखा परेका प्रौढता र जटिलताहरुलाई पनि आफ्ना अभिव्यक्ति भित्र समेट्नतिर अग्रसर भएको छ ।

Downloads

Download data is not yet available.
Abstract
23
PDF
46

Author Biography

इन्द्रबहादुर Indrabahadur भण्डारी Bhandari, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, बाँके

उपप्राध्यापक

Downloads

Published

2023-08-31

How to Cite

भण्डारी Bhandari इ. I. (2023). भाषिक सिप सिकाइमा कविताको प्रयोग {Use of poetry in teaching language skills}. Voice: A Biannual &Amp; Bilingual Journal, 15(1), 117–123. https://doi.org/10.3126/voice.v15i1.58164

Issue

Section

Articles