सिद्धिचरण श्रेष्ठका खण्डकाव्यहरूले दिएको सन्देश {The message given by the poems of Siddhicharan Shrestha}

Authors

  • हरि प्रसाद Hari Prasad तिमिल्सिना Timilsina त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, बाँके

DOI:

https://doi.org/10.3126/voice.v15i1.58079

Keywords:

हिन्दु दर्शन, अध्यात्मवादी, स्वच्छन्दतावाद, उर्वशी

Abstract

प्रस्तुत अनुसन्धानात्मक लेख खण्डकाव्यकार सिद्धिचरण श्रेष्ठद्वारा रचित खण्डकाव्यहरूले दिएको सन्देशको अध्ययनमा केन्द्रित छ । वर्णनात्मक एवं वर्णान्तमक अनुसन्धान ढाँचालाई आत्मसाथ गरी यस लेखमा श्रेष्ठका उर्वशी, ज्यानमारा शैल, मङ्गलमान, आँसु, जुनकिरी, भीमसेन थापा, आत्म बिलौना, कान्तिमती र युद्ध र शान्ति नौ वटा खण्डकाव्यले दिएको सन्देश र त्यसका सकारात्मक पक्षहरूलाई उपलब्धीको रुपमा ग्रहण गरिएको छ । श्रेष्ठका खण्डकाव्यहरू पूर्वीय काव्यशास्त्रीय मान्यताका आधारमा सिर्जत भएका शास्त्रीय वार्णिक छन्द, मात्रिक छन्द, भ्याउरे र लोकलयलाई अँगाली लेखिएका छन् । कृतिभित्रको विषयवस्तुले तत्कालीन नेपाली समाजका आर्थिक सामाजिक, सांस्कृतिक, धार्मिक एवं जातीय छुवाछुत जस्ता कुरालाई उठाएको छ । कृतिहरूमा देशमा रोजगारीको अभावमा विदेश जानुपर्ने र विदेशमै ज्यान गुमाउनुपर्ने अवस्था र नेपाली कठिन परिश्रमी जीवन र उद्देश्यप्रति तल्लीन भएर लाग्नुपर्ने जस्ता विशिष्ट सन्देशहरू दिइएको छ । स्वच्छन्दतावादी काव्यधाराका खण्डकाव्यकार सिद्धिचरण श्रेष्ठका स्वतस्फूर्त अभिव्यक्तिहरूका देशभक्ति, प्रकृतिको मन्मय चित्रण, जनजीवीका र शोषण उत्पीडनको अन्त्य र सामाजिक न्यायको प्राप्ति सहित सामाजिक परिवर्तनको आग्रह उनका खण्डकाव्यहरूको मूल स्वर वा सन्देश हुन् भन्ने कुराको अनुसन्धान गरिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
28
PDF
44

Author Biography

हरि प्रसाद Hari Prasad तिमिल्सिना Timilsina, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, बाँके

उपप्राध्यापक

Downloads

Published

2023-08-31

How to Cite

तिमिल्सिना Timilsina ह. प. H. P. (2023). सिद्धिचरण श्रेष्ठका खण्डकाव्यहरूले दिएको सन्देश {The message given by the poems of Siddhicharan Shrestha}. Voice: A Biannual &Amp; Bilingual Journal, 15(1), 108–116. https://doi.org/10.3126/voice.v15i1.58079

Issue

Section

Articles