महानन्द ढकालको सिमाना मुक्तक सङ्ग्रहमा सबाल्टर्न {The Subaltern in Mahananda Dhakal's Simana Muktaka collection}

Authors

  • महेन्द्र Mahendra वाग्ले Wagle त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज

DOI:

https://doi.org/10.3126/voice.v15i1.58074

Keywords:

किनारीकृत, हेजोमोनी, गैरअभिजातीय, अधीनस्थ, सीमान्तकृत

Abstract

प्रस्तुत लेख महानन्द ढकालको सिमाना मुक्तक सङ्ग्रहमा सबाल्टर्न अध्ययन गरिएको छ । सबाल्टर्न वर्गहितप्रति समर्पित रहेर  वर्तमान साहित्य र समालोचनाको क्षेत्रमा विकसित नवीन मान्यता भएकाले यससँग सम्बद्ध सैद्धान्तिक आधारमा मुक्तकहरूको अध्ययन गर्न लागिएको हो । सबाल्टर्न अध्ययनलाई उच्च विवादको बीचबाट र आलोचनात्मक पृष्टभूमीको गर्भबाट हुर्किएको अभियान मानिन्छ । भारतबाट विकसित भएर विभिन्न मुलुकमा फैलिएको यो अध्ययनपद्धति भएकाले पूर्वबाट पश्चिम फैलिएको सशक्त अभियान मानिएका छ । सबाल्टर्न अध्ययनमा विभिन्न जातजति, महिला, दलित, पिछडिएका क्षेत्र र सीमान्तकृत वर्गको बोली साथै इतिहासबाट बहिष्कृत भएकाको पहिचनको खोजी गरिन्छ । यस लेखमा पनि निम्नवर्गीय सबाल्टर्न वर्गको समस्यालाई पहिल्याउने र उनीहरूले भोग्नु परेको अन्याय, अत्याचार, अधिनस्थ भएको अवस्था साथै विद्रोहका स्वरलाई समेटिएको छ । यसमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको सङ्कलनका लागि पुस्तकालयीय पद्धतिको उपयोग गरिएको छ र सबाल्टर्नसँग सम्बन्धित सैद्धान्तिक ढाँचा तयार गरेर निगमन विधिबाट मुक्तकहरूको विश्लेषण गरिएको छ । यसमा राज्यव्यवस्था र सबाल्टर्नको अवस्था, वर्गीय सबाल्टर्न साथै सबाल्टर्न वर्गको प्रतिकार र विद्रोहलाई अध्ययनको विषय बनाइएको छ । यस अध्ययनले उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थी, शोधकर्ता र प्रज्ञिक क्षेत्रमा जिज्ञासा राख्ने व्यक्तिहरूलाई नवीन ज्ञान प्रदान गर्नेछ । यस आलेखमा ढकालको सिमाना मुक्तक सङ्ग्रहमा सबाल्टर्नको विषयवस्तुमा मूलतः राज्यव्यवस्था साथै वर्गीय आधारमा सबाल्टर्न वर्गलाई अधीनस्थ बनाइएको हुनाले दुःख, पीडा र असमानताको अन्त्यका लागि प्रतिकार र विद्रोह गरेको अवस्था प्रस्तुत गरिएको निष्कर्ष रहेको छ ।

Downloads

Download data is not yet available.
Abstract
36
PDF
44

Author Biography

महेन्द्र Mahendra वाग्ले Wagle, त्रिभुवन विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज

उपप्राध्यापक

Downloads

Published

2023-08-31

How to Cite

वाग्ले Wagle म. M. (2023). महानन्द ढकालको सिमाना मुक्तक सङ्ग्रहमा सबाल्टर्न {The Subaltern in Mahananda Dhakal’s Simana Muktaka collection}. Voice: A Biannual &Amp; Bilingual Journal, 15(1), 99–107. https://doi.org/10.3126/voice.v15i1.58074

Issue

Section

Articles