शैक्षिक उन्नयनमा नेपाली सेनाको योगदान

Authors

  • अस्वस्थामा भक्त खरेल Ratna Rajyalaxmi Campus

DOI:

https://doi.org/10.3126/unityj.v5i1.63197

Keywords:

गैर राजनीतिक, प्राविधिक शिक्षा, गुणस्तरीय शिक्षा, कल्याणकारी कार्यक्रम, शैक्षिक उन्नयन

Abstract

हातहतियार, बन्दुक, वम–गोला, बारुद चलाउने नेपाली सेनाले शैक्षिक उन्नयनमा देखिने गरी योजना र कार्यक्रमहरु सञ्चालन गरेको देखिन्छ । सैनिक सकलदर्जाका सन्ततिलाई मात्र नभएर सर्वसाधारणहरुका लागि समेत सेनाले सर्वसुलभ र गुणस्तरीय शैक्षिक कार्यक्रमहरु अघि सारेको छ । शैक्षिक प्रतिष्ठानहरुमा प्रतिस्पर्धाका आधारमा ढोका खोल्नुले सेनाको भूमिकाबारे राष्ट्र र विश्व जगतमा यसको प्रशंसा हुने गरेको छ । यद्यपि सेनाले व्यापार गर्नुहुदैन र शैक्षिक क्षेत्रमा समेत हात हाल्नुहुदैन भन्ने मतलाई मध्यनजर गर्ने हो भने शैक्षिक उन्नयनका लागि सेनाको भूमिका कल्याणकारी कार्यक्रमकै रुपमा हेर्नुपर्ने हुन्छ । प्राथमिक तहदेखि उच्च शिक्षा तहसम्म र प्राविधिक तथा अप्राविधिक विषयहरुमा नेपाली सेनाले सैनिक कल्याण्कारी कोषमार्फत सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा दिइरहेको र राज्यभर विस्तारित क्रममा रहनु गर्वको कुरा हो । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको क्रममा रहनुले पनि शैक्षिक क्षेत्रमा सेनाको योगदान कम हाक्न मिल्दैन । सेनाको यो अतुलनीय विशुद्ध गैरराजनीतिक र गैरव्यापारिक सेवाभाव हो भन्ने देखिन्छ । सैनिक र नागरिक बीचको सम्बन्ध जोड्ने बलियो पुलको रुपमा शिक्षा क्षेत्र रहेको छ । नेपालको शैक्षिक उन्नयनमा नेपाली सेनाले निर्वाह गरेको भूमिका के के हुन सक्छन् ? र यस क्रममा देखा परेका समस्या एवं चुनौतीहरु के के हुन् ? भन्ने अनुसन्धान प्रश्नमा आधारित भएर लेख तयार गरिएको छ । यो लेख वर्णनात्मक, विश्लेषणात्मक र मूलतः द्वितीय स्रोतमा आधारित भएर सम्पन्न गरिएको छ । अनुसन्धानलाई पूर्णता दिन विद्वान लेखकहरुका पुस्तक, सरकारी एवं गैरसरकारी प्रतिवदेन, बुलेटिन, शब्दकोष, वेबलिङ्कहरु तथा विद्यमान कानुन, नीति, रणनीति, योजना र कार्यक्रमहरुको सहयोग लिइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
56
PDF
34

Author Biography

अस्वस्थामा भक्त खरेल, Ratna Rajyalaxmi Campus

Assistant Professor

Downloads

Published

2024-03-25

How to Cite

खरेल अ. भ. (2024). शैक्षिक उन्नयनमा नेपाली सेनाको योगदान . Unity Journal, 5(1), 411–422. https://doi.org/10.3126/unityj.v5i1.63197

Issue

Section

Articles