सैनिक पत्रकारिता र नेपाली सेना {Military Journalism and Nepali Army}

Authors

  • यतिष Yatish ओझा Ojha Student of B.A.LL.B at Nepal Law Campus, Tribhuvan University

DOI:

https://doi.org/10.3126/unityj.v4i01.52261

Keywords:

नेपाली सेना, सैनिक पत्रकारिता, नागरिक–सैनिक सम्बन्ध, गैर–साङ्ग्रामिक गतिविधि, सेनाको लोकतन्त्रीकरण, Nepalese army, military journalism, civil-military relations, non-military activities, democratization of the army

Abstract

वैधानिक राजनीतिक नेतृत्व र सैन्यसंस्थाबीचको सम्बन्धलाई नागरिक–सैनिक सम्बन्ध भनिन्छ । नागरिक–सैनिक सम्बन्ध अन्तर्गत सैन्य निकायहरू विभिन्न गतिविधिमा संलग्न हुन्छन् । साङ्ग्रामिक कार्यमा मात्र नभई अन्य क्षेत्रमा समेत सेनाको संलग्नता विश्वभरि नै देखिन्छ । यस लेखमा विशेषत: गैरसाङ्ग्रामिक गतिविधि अन्तर्गत नेपाली सेनाको सैनिक पत्रकारिताको वर्णन गरिएको छ । सेनाका गतिविधिमा पारदर्शिता र सूचनाको प्रसारका निमित्त सैनिक पत्रकारिता महइभ्वपूर्ण रहन्छ । सेनाले गर्ने पत्रकारिताले सैन्य शक्तिको लोकतन्त्रिीकरण र सेनामा नागरिक सर्वोच्चताको आधार मजबूत बनाउँछ । नेपाली सेनाले पत्रकारिताका विभिन्न माध्यम छापा, रेडियो, टेलिभिजन र अनलाइनबाट विभिन्न सामग्री प्रकाशन, प्रसारण गर्दै आएको छ । जस्तै: ‘सिपाही’ पाक्षिक पत्रिका, नेपाली सेना रेडियो कार्यक्रम, माटोले माग्दैन आफैँले दिनुपर्छ टेलिभिजन कार्यक्रम, आदि । यी गतिविधिले नागरिकलाई राष्ट्रियता, राष्ट्रिय एकता, स्वाधीनता र भौगोलिक अखण्डताको पक्षमा अभिप्रेरित गरिरहेका छन् । सूचनाको प्रसार, नागरिक सैनिक सम्बन्धको सबलीकरण र राष्ट्रिय एकताको संवद्र्धन लगायतका क्षेत्रमा सैनिक पत्रकारिताको महइभ्व झल्किन्छ । यस लेखमा नागरिक–सैनिक सम्बन्धको अवधारणा, यसको उत्पत्ति र विकासक्रमको वर्णन गरिएको छ । सेनाले सैनिक पत्रकारिताको प्रयोग गर्ने अन्तरराष्ट्रिय अभ्याससँगसँगै नेपाली सेनाको पत्रकारिताको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्थाको विवेचना गरिएको छ । प्रथम र द्वितीय स्रोतका सामग्रीको प्रयोग गरेर तयार पारिएको यो लेख वर्णनात्मक, तुलनात्मक र गुणात्मक विश्लेषण शैलीमा आधारित छ । विभिन्न राष्ट्रिय, अन्तरराष्ट्रिय प्रकाशन, विदेशी सेनाको पत्रकारितासम्बन्धी लेख, नेपाली सेनाका प्रकाशन आदि दस्तावेजलाई आधार मानेर अध्ययन गरिएको छ । यस अध्ययनले नेपाली सेना पत्रकारिताका अनेक माध्यममा सक्रिय रहेको देखाउँछ । राष्ट्रिय अखण्डता र एकताको प्रवद्र्धनका साथै सार्वजनिक सम्बन्धविस्तारमा पनि नेपाली सेनाको पत्रकारिताले सकारात्मक भूमिका खेलेको छ । {The relationship between the legitimate political leadership and the military organization is called the civil-military relationship. Under civil-military relations, military agencies are involved in various activities. The involvement of the army is seen not only in military operations but also in other fields all over the world. In this article, the military journalism of the Nepali Army is described especially under non-military activities. Military Journalism remains glorious for the sake of transparency and dissemination of information in the activities of the army. Journalism done by the military strengthens the basis of democratization of military power and civilian supremacy in the military. The Nepali Army has been publishing and broadcasting various materials through various media such as print, radio, television and online. For example: 'Sipahi' fortnightly magazine, Nepali Army radio program, Soil does not demand, should give itself television program, etc.These activities are motivating citizens in favor of nationalism, national unity, independence and geographical integrity. The glory of military journalism is reflected in the dissemination of information, the strengthening of civil-military relations and the promotion of national unity. This article describes the concept of civil-military relations, its origin and development.Along with the international practice of using military journalism by the army, the historical background and current situation of journalism of the Nepali army has been discussed. This article prepared using the materials of the first and second sources is based on descriptive, comparative and qualitative analysis style.Various national and international publications, foreign army journalism articles, Nepali army publications etc. have been studied on the basis of documents. This study shows that the Nepali Army is active in many forms of journalism. In addition to the promotion of national integrity and unity, Nepali Army journalism has also played a positive role in public relations.}

Downloads

Download data is not yet available.
Abstract
84
PDF
112

Downloads

Published

2023-02-15

How to Cite

ओझा Ojha य. Y. (2023). सैनिक पत्रकारिता र नेपाली सेना {Military Journalism and Nepali Army}. Unity Journal, 4(01), 355–371. https://doi.org/10.3126/unityj.v4i01.52261

Issue

Section

Articles