कोभिड – १९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र यसको नियन्त्रणका प्रयास

Authors

  • रमेश अर्याल

DOI:

https://doi.org/10.3126/unityj.v2i0.38851

Keywords:

कोभिड– १९, महामारी, लकडाउन, अर्थतन्त्र, आर्थिक वृद्धिदर, पुनरुत्थान, राहत

Abstract

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड – १९२१ औं शताव्दीको सबैभन्दा ठूलो सङ्कटको रुपमा देखापरेको छ । यस महामारीका कारण विश्वले मानवीय र आर्थिक सङ्कट एकैपटक सामना गरेको छ । यसले विश्व अर्थतन्त्रको समग्र उत्पादन, उत्पादकत्व एवं आपूर्ति प्रणालीमा प्रतिकूल प्रभाव पारेको छ । यसले सिर्जना गरेको असहज परिस्थितिले नेपालको अर्थतन्त्र र जनजीवनमा समेत गम्भीर असर परेको छ । पछिल्लो तीन वर्षदेखि नेपालमा उच्च आर्थिक वृद्धिदर हुँदै आएकोमा यस महामारीले पर्यटन, होटल,यातायात, सञ्चार, उत्पादन मूलक उद्योग, खानी रनिर्माण लगायतका क्षेत्रको क्रियाकलाप सङकुचित भई आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर न्यून भएको छ भने चालु आर्थिक वर्ष २०७७/७८ मा पनि सरकारले लिएको लक्ष्य भन्दा न्यून हुने अनुमान छ । वैदेशिक व्यापार, शोधानान्तर स्थिति लगायतका बाह्रय क्षेत्र बाहेक अर्थतन्त्रका अन्य सबै क्षेत्रमा यसले असर गरेको छ । बेरोजगारीको संख्या बढ्दै जाँदा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसंख्या बढ्ने देखिएको छ । अन्तर्राष्ट्रिय संस्थाहरुका साथै सरकारी निकायहरुले यस महामारीले अर्थतन्त्रका विभिन्न पक्षमा पार्ने असरका बारेमा विभिन्न प्रक्षेपण एवम अध्ययन गरेका छन् यद्यपि यसले अर्थतन्त्रमा पारेको प्रभाव र प्रयास सम्बन्धमा एकीकृत अध्ययन भएको छैन् यस लेख मामहामारीले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र यस कोनियन्त्रणका लागि भएका प्रयासहरुका बारेमा विश्लेषण गरिएको छ । द्वितीय स्रोतमा आधारित यस अध्ययनमा विश्लेषणात्मक तथा वर्णनात्मक अध्ययन पद्दतिको प्रयोग भएको छ । यस महाहामारीले अर्थतन्त्रमा पारेकोप्रभाव र चुनौतीका सम्बन्धमा अन्तर्राष्ट्रिय संस्था तथा सरकारी निकायले प्रकाशन गरेका दस्तावेज तथा अर्थशास्त्रीहरुले व्यक्त गरेका विचारलाई आधार मानीयो अध्ययन गरिएको छ । यस महामारीबाट अर्थतन्त्रमा परेको असर तथा प्रभावलाई न्यूनीकरण गर्न स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै राहत तथा पुनरुत्थानका कार्यक्रमको कार्यान्वयनमा जोड दिएर अर्थतन्त्रलाई चलायमान बनाउन सम्बद्ध पक्ष प्रतिवद्ध र कटिवद्ध हुनुपर्ने देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
4274
PDF
1041

Downloads

Published

2021-08-03

How to Cite

अर्याल र. (2021). कोभिड – १९ ले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव र यसको नियन्त्रणका प्रयास. Unity Journal, 2, 344–359. https://doi.org/10.3126/unityj.v2i0.38851

Issue

Section

Articles