विश्वव्यापीकरण र राष्ट्रिय सुरक्षाका चुनौतीहरू

Authors

  • विष्णु प्रसाद आचार्य

DOI:

https://doi.org/10.3126/unityj.v2i0.38848

Keywords:

विश्वव्यापीकरण, राष्ट्रिय सुरक्षा, सूचना–प्रविधि, अन्तर्राष्ट्रियकरण, जलवायु परिवर्तन

Abstract

विश्वव्यापीकरणले वस्तु, सेवा, पुँजी, प्रविधि, सूचना, सीमा विहीन स्वतन्त्रता तथा सुरक्षालाई समेत अन्तर्राष्ट्रियकरण गरेको छ । परम्परागत राज्य केन्द्रित सुरक्षाबाट मानवीय सुरक्षा केन्द्रित अवधारणामा यसको रूपान्तरण भएको छ । विश्वव्यापीकरण सँगै अन्तर्सम्बन्धित सूचना–प्रविधि, आर्थिक खुलापन, सङ्गठित अपराध, सम्पत्ति–शुद्धीकरण, आतङ्कवादी गतिविधि, श्रम–आप्रवासन, बढ्दो व्यापार–घाटा, साइबर–आतङ्क, जलवायु परिवर्तन र वातावरणीय असन्तुलन, मानव सिर्जित विपद जस्ता विभिन्न कारणले कुनै पनि मुलुकको राष्ट्रिय सुरक्षामा चुनौती थपिएको छ । यस्ता चुनौतीले अल्पविकसित तथा विकासोन्मुख राष्ट्रहरूको राष्ट्रिय क्षमतामा ह्रास आएको छ । यस्तै इन्डोप्यासिफिक रणनीति र बेल्टएण्ड रोड इनिसिएटिभ जस्ता सामरिक एवं सञ्जालीकृत विषयहरूमा सन्तुलित कूटनीति अँगाल्नु हाम्रो जस्ता राष्ट्रका नवीन सुरक्षा चुनौतीहरू हुन् । आन्तरिक राजनीतिमा बाह्य शक्ति राष्ट्र र सङ्गठनको दबाबले पनि सार्वभौमसत्तामा नकारात्मक प्रभाव परिरहेको देखिन्छ । अत: मुलुकका सुरक्षा अङ्गहरूको थप सक्षमता र मानवीय सुरक्षाका आयामलाई प्राथमिकता दिँदै राष्ट्रिय हितका आधारमा विदेश नीतिको सञ्चालनले उल्लिखित चुनौती समाधान गर्न सकिन्छ । प्रस्तुत अध्ययनका क्रममा विश्वव्यापीकरण र राष्ट्रिय सुरक्षाको अवस्था/स्वरूप के छ ? यसमा देखापरेका चुनौतीहरू के के हुन् ? जस्ता प्रश्नहरूमा केन्द्रित हुँदै विश्वव्यापीकरण तथा राष्ट्रिय सुरक्षाको विद्यमान अवस्था/स्वरूप माथि प्रकाश पार्नु र यसका समाधानका उपायहरूको निरूपण गर्नु जस्ता विषयलाई यस इरोध लेखमा मुख्य उदेश्य बनाइएको छ । अध्ययनलाई पूर्णता दिन र सामग्रीहरूको सङ्कलन गर्न प्राथमिक तथा द्वितीयको स्रोत–सामग्रीहरूको उपयोग गर्दै प्राप्त सामग्रीहरूलाई बर्णनात्मक, विश्लेषणात्मक शोधविधिका केन्द्रीयतामा चर्चा गरिएको छ । अत:विद्यमान विश्वव्यापीकरणका  पृष्ठभूमिमा मुलुकको राष्ट्रिय सुरक्षा र यसमाथि देखिएका चुनौतीहरू के के हुन् ? त्यसको समाधानका निम्ति प्रस्तुत अध्ययनले एउटा कोसेढुङ्गाकै रूपमा ठोस उपलब्धि प्रदान गर्ने छ भन्ने सन्दर्भमा स्पष्ट हुन सकिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
357
PDF
144

Downloads

Published

2021-08-03

How to Cite

आचार्य व. प. (2021). विश्वव्यापीकरण र राष्ट्रिय सुरक्षाका चुनौतीहरू. Unity Journal, 2, 331–343. https://doi.org/10.3126/unityj.v2i0.38848

Issue

Section

Articles