राष्ट्रिय हित प्रर्बद्घनमा सैनिक–नागरिक सम्बन्धको महत्व

Authors

  • दिवेश वरसिंह थापा

DOI:

https://doi.org/10.3126/unityj.v2i0.38844

Keywords:

सैनिक–नागरिक सहकार्य, राष्ट्रिय हित, नरम शक्ति तथा कडा शक्ति, रक्षा नीति, राष्ट्रिय सुरक्षा नीति, जनकुटनीति तथा सैनिक कुटनीति, सुशासन

Abstract

नेपालको सार्वभौमसत्ता, अखण्डता, सिमाना सुरक्षा र नेपाली जनताको रक्षार्थ नेपाली सेनाले अग्र भागमा रहेर महत्व पूर्ण भुमिका निर्वाह गर्दै आएको छ । नेपाली सेनाको कार्य सम्पादन गर्ने शैली र कार्य व्यवहारले गर्दा नेपाली जनताहरु माझ विश्वासिलो संस्थाको रुपमा स्थापित छ । नेपालको एकीकरण अभियान, पहिलो र दोस्रो विश्वयुद्ध, नेपाल–भोट युद्ध, खम्पा प्रकरण निष्तेज प्रक्रिया, नाकाबन्दी समस्या अन्त्यका लागि खेल्दै आएको भूमिका, प्राकृतिक प्रकोप, कोभिड–१९ जस्तो प्राणघातक महामारी लगायतमा नेपाली जनतालाई केन्द्रमा राखेर सक्रिय सहभागी भई समस्या न्यूनीकरण एवं समाधानार्थ सक्दो प्रयत्न गर्दैआएको पाइन्छ । यसका लागि नियमानुसार नेपाली समाजका सदस्यहरु नेपाली सेनामा भर्ना भइ देश र जनताको सेवामा काम गर्दै आउनु नै ‘सैनिक नागरिक सम्बन्ध’ को घनत्वलाई प्रस्ट्याएको देखिन्छ । नेपाली सेनाका सदस्यहरुको व्यवहार कस्तो छ वा हुनुपर्छ भन्ने विषयलाई नेपालीसमाजको वनावट, प्रकृति र प्रशासनिक स्वरुपले निर्धारण गर्नुका साथै समाजबाटै आएका विभिन्न सदस्यहरुको सङ्गठन भएकाले सेनाको मनोवृत्तिर कार्य–व्यवहारमा पनि सामाजिक प्रवृत्तिकै गहिरोछाप परेको हुन्छ । नेपालको राष्ट्रिय हित प्रबद्र्धनका लागि सैनिक नागरिक सम्बन्धको महत्व अवलोकन गर्नु नै यो लेखको मुख्य उद्देश्य हो । सैनिक–नागरिक सम्बन्धलाई सैद्धान्तिक, वैज्ञानिक र व्यावहारिक रुपमा अगाडि बढाउन सैनिक–नागरिक सम्बन्धको सिद्धान्त,राष्ट्रिय तथा अन्तराष्ट्रिय षड्यन्त्रको सिद्धान्तलाई ख्याल गरी आदर्शवादी–यथार्थवादी सिद्धान्तको कसीमा राखेर सैनिक–नागरिक सम्बन्धलाई हेर्नुपर्ने आवश्यकता छ । यो लेख वर्णनात्मक, विश्लेषणात्मक र तुलनात्मक शैलीमा आधारित छ । यसका साथै स्थलगत कार्य अन्तर्गत सम्बन्ध स्रोत व्यक्तिहरु सँग अन्तर्वार्ता पनि लिइएको छ । सैनिक–नागरिक सन्दर्भका नव प्रवर्तनात्मक खोजहरुले वर्तमान आवश्यकतानुसार राष्ट्रिय हित प्रबद्र्धनमा सैनिक–नागरिक सम्बन्धको महत्व विशिष्ट रहेको देखाउँछ ।

Downloads

Download data is not yet available.
Abstract
101
PDF
188

Downloads

Published

2021-08-03

How to Cite

थापा द. व. (2021). राष्ट्रिय हित प्रर्बद्घनमा सैनिक–नागरिक सम्बन्धको महत्व. Unity Journal, 2, 317–330. https://doi.org/10.3126/unityj.v2i0.38844

Issue

Section

Articles