हाम्रो सुरक्षाः हाम्रो समृद्धि Hamro Surakshya hamro Sammriddhi

Authors

  • मणिराम Maniram शर्मा Sharma

DOI:

https://doi.org/10.3126/unityj.v1i0.36079

Keywords:

आमसुरक्षा, अखण्ड राज्य, लोकतन्त्र, वैधानिक अधिकार, समृद्धि

Abstract

प्रस्तुत लेखमा सुरक्षाले मानव र समाजको विकासमा खेल्ने भूमिकालाई उजागर गरिएको छ । कुनै पनि

समाजको विकासमा सुरक्षाको प्रमुख भूमिका हुन्छ । कुनै पनि मुलुकको समृद्धि सुरक्षाविना असम्भव छ । सुरक्षा र समृद्धि एक अर्काका परिपूरक हुन् । लोकतन्त्रका सर्वमान्य मूल्य, मान्यता र सिद्धान्तअन्तर्गत समग्र देशको सुरक्षा प्रणाली महŒवपूर्ण हुन्छ । सुरक्षा र विकासका आधारभूत मान्यताहरु सफल भएको राज्यमा नागरिकले आफूमाथि शासन गर्ने वैधानिक अधिकार हस्तान्तरण गर्दछन् । हाम्रो सुरक्षा प्रणाली र विकासका सन्दर्भमा देखिएका  चुनौतीहरूलाई सामना गर्न नेपाली सेना लगायत अन्य सुरक्षा क्षेत्रहरूको योगदानलाई यस लेखमा विश्लेषण गरिएको छ । विकास र राष्ट्रिय सुरक्षाको सम्बन्धलाई राज्यको दिगो विकासमा कसरी जोड्न सकिन्छ र राज्यमा सुरक्षाको सुधार नहुनुले समृद्धिमा कस्तो नकारात्मक प्रभाव पार्छ भन्ने कुरा स्पष्ट पारिएको छ । देशको राष्ट्रियता, अखण्डता, सार्वभौमिकता प्राप्तिका लागि सुरक्षा आवश्यक पर्दछ । लोकतन्त्र प्राप्तिका निम्ति राज्यका सबै शक्तिहरु एकजुट भए मात्रै राष्ट्रको सुरक्षा र समृद्धिको लक्ष्यमा पुग्न सकिन्छ । नेपालको  राष्ट्रिय सुरक्षा र विकासविना समृद्ध, अखण्ड राज्यको कल्पना गर्न सकिदैन भन्ने तथ्यलाई आधार बनाएर समृद्धिको परिस्थितिलाई निष्कर्षसहित केलाइएको छ ।

Downloads

Download data is not yet available.
Abstract
57
pdf
178

Downloads

Published

2020-02-02

How to Cite

शर्मा Sharma म. M. (2020). हाम्रो सुरक्षाः हाम्रो समृद्धि Hamro Surakshya hamro Sammriddhi. Unity Journal, 1, 208–213. https://doi.org/10.3126/unityj.v1i0.36079

Issue

Section

Articles