भवानी भिक्षुको ‘माधुरी नानी’ कथामा प्रभुत्व

Authors

  • Raju Bhusal Butwal Multiple Campus

DOI:

https://doi.org/10.3126/tjad.v9i1.82180

Keywords:

राजनीतिक हैकम, सांस्कृतिक प्रभुत्व, राजनीतिक समाज, बुर्जुवा वर्ग, पुँजीपति वर्ग, कल्याणकारी राज्य

Abstract

प्रस्तुत लेखमा इटालेली चिन्तक ग्राम्ची र उनको सांस्कृतिक प्रभुत्वसम्बन्धी मान्यताका दृष्टिले भवानी भिक्षुद्वारा लेखिएको माधुरी नानी कथाको विश्लेषण गरिएको छ । प्रभुत्व कुनै पनि वर्गको राजनैतिक संस्कृति हो, जसको उपभोग अर्को वर्गलाई सम्झाएर, बुझाएर उसको सहमति लिनाका लागि गरिन्छ । ग्राम्चीले शासक वर्गले शासित वर्गमाथि कसरी आफ्नो नियन्त्रण राख्दछन् भन्ने सन्दर्भमा राखेको विचार राजनैतिक र सांस्कृतिक क्षेत्रमा चर्चित छन् र यसमा सोसम्बन्धी विश्लेषण गरिएको छ । समाज परिवर्तनमा नागरिक समाज र बुद्धिजीवी वर्गको अहम् भूमिका हुन्छ भन्ने ग्राम्चीको मान्यता रहेको छ । यस कार्यपत्रमा समाजमा नागरिक समाज र बुद्धिजीवी वर्गको भूमिकाको विश्लेषण गर्दै नागरिक समाज र बुद्धिजीवी वर्ग प्रभुत्शाली वर्ग या पुँजीपति वर्गकै हितका लागि कसरी काम गर्छन् भन्ने कुरा भवानी भिक्षुद्वारा लेखिएको माधुरी नानी कथालाई माध्यम विश्लेषण गरिएको छ । यसमा वर्गीय दृष्टिले उच्च वर्गीय संस्कृति तथा सामन्ती संस्कार भएको राजा साहेबको, लैङ्गिक दृष्टिले पुरुषको तथा जातीय दृष्टिले पनि उच्च संस्कृति भएको राजा साहेबका लोग्नेस्वास्नीले प्रभुत्व कायम गरेको निष्कर्ष निकालिएको छ ।

Downloads

Download data is not yet available.
Abstract
64
PDF
20

Author Biography

Raju Bhusal, Butwal Multiple Campus

Nepali Department

Downloads

Published

2025-07-24

How to Cite

Bhusal, R. (2025). भवानी भिक्षुको ‘माधुरी नानी’ कथामा प्रभुत्व. The Journal of Academic Development, 9(1), 175–198. https://doi.org/10.3126/tjad.v9i1.82180

Issue

Section

Articles