स्थानीय पाठ्यक्रममा गणितीय विषयक्षेत्रको स्थान र अवस्थाः एक अध्ययन {Location and Status of Mathematical Subjects in Local Curriculum: A Study}

Authors

  • राजेन्द्र {Rajendra} कुँवर {Kunwar}
  • सपना {Sapana} अधिकारी {Ahikari}
  • राजेन्द्र {Rajendra} पाेख्रेल {Pokharel}

DOI:

https://doi.org/10.3126/tej.v12i1.64910

Keywords:

गणितीय दृष्टिकोण, परम्परागत मापन प्रणाली, पाठ्यक्रमका क्षेत्र, रैथाने ज्यामितीय ढाँचा, स्थानीय पाठ्यक्रम, Mathematical Approaches, Traditional Measurement Systems, Areas of Course, Native Geometry Format, Local Curriculum

Abstract

नेपालको राष्ट्रिय शिक्षानीति तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपबमोजिम समुदायको स्थानीय आवश्यकता, रुचि र सामाजिक, सांस्कृतिक अभ्यासहरूमा केन्द्रित भई स्थानीय पाठ्यक्रम निर्माण गरेको पाइन्छ । स्थानीय पाठ्यक्रम विकासका लागि निर्देशिकाले तय गरेअनुसार विद्यालयका प्रधानाध्यापक, शिक्षक र समुदायका सदस्यहरू तथा बुद्धिजीवीहरू सम्मिलित भई निर्माण गरिने प्रक्रिया हो । यस लेखमा स्थानीय पाठ्यक्रम विकासको सामान्य जानकारीसहित स्थानीय पाठ्यक्रममा गणितीय विषयक्षेत्रको स्थान, अवस्था र महत्वलाई उजागर गर्ने प्रयास गरिएको छ । यस अध्ययन कार्यमा प्राथमिक र द्वितीय साधन र स्रोतको प्रयोग गरिएको छ । यो अध्ययन डेक्स अध्ययन तथा वर्णनात्मक एवम् विश्लेषणात्मक विधिमा आधारित भई तयार गरिएको छ । यस अध्ययनमा स्थानीय पाठ्यक्रममा गणितीय विषयक्षेत्रको नीतिगत व्यवस्था, स्थानीय पाठ्यक्रमसँग अन्तरसम्बन्धित गणितका क्षेत्रहरू, स्थानीय पाठ्यक्रम अभ्यासको अवस्था तथा गणितीय विषयक्षेत्र र धारणा प्रवद्र्धका तरिकाहरूका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ । त्यसै गरी यसमा स्थानीय पाठ्यक्रम निर्माण प्रक्रियामा गणितीय विषयक्षेत्रलाई सम्बोधन गर्नुका साथै अन्य विषयक्षेत्रका पाठ्क्रममा गणितीय दृष्टिकोणबाट कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरालाई विशेष जोड दिइएको छ । निष्कर्षमा गणित विषयलाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य विषयका रूपमा स्थापित गरिएको भए पनि सिकारुमा अझै गणितको सक्षमतामा निखार ल्याई गणितको शैक्षिक उपलब्धिस्तर बढाउन आवश्यक देखिएकाले स्थानीय पाठ्यक्रमका माध्यमबाट गणितीय विषयक्षेत्र जोडेर वा गणितीय दृष्टिकोण जोडी स्थानीय पाठ्यक्रमको कार्यान्वयन गर्नु आवश्यक देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
16
PDF
33

Downloads

Published

2024-04-27

How to Cite

कुँवर {Kunwar} र. {Rajendra}, अधिकारी {Ahikari} स. {Sapana}, & पाेख्रेल {Pokharel} र. {Rajendra}. (2024). स्थानीय पाठ्यक्रममा गणितीय विषयक्षेत्रको स्थान र अवस्थाः एक अध्ययन {Location and Status of Mathematical Subjects in Local Curriculum: A Study}. The Educator Journal, 12(1), 23–36. https://doi.org/10.3126/tej.v12i1.64910

Issue

Section

Articles