घोराही शून्य किलोमिटर कथामा शरीर राजनीति {Body Politics in The Story "Ghorahi Zero Kilometer"}

Authors

  • साेमप्रसाद Som Prasad गर्ताैला Gartaula मानविकी तथा सामाजिक शास्त्र सङ्काय, त्रिभुवन विश्वविद्यालय Faculty of Humanities and Social Science, Tribhuvan University

DOI:

https://doi.org/10.3126/tej.v11i1.54452

Keywords:

अधीनस्थता, पितृसत्ता, प्रतिरोध, प्रभुत्व, लैङ्गिकता, Subordination, Patriarchy, Resistance, Dominance, Gender

Abstract

प्रस्तुत अध्ययनमा लैङ्गिक अध्ययनअन्तर्गत नारीवादी समालोचनापद्धतिमा प्रचलित शरीर राजनीतिको अवधारणालाई आधार बनाएर गोविन्द गिरी प्रेरणाको ‘घोराही शून्य किलोमिटर’ कथामा भएको नारी शरीरमाथिको विभिन्न अवस्थाको प्रयोगको निरूपण गरिएको छ । लुसी इरिगेरी तथा मिसेल फुकोको शरीर राजनीतिसम्बन्धी अवधारणालाई मुख्य आधार बनाएर यस कथाको विश्लेषण गरिएको छ । पुस्तकालयीय अध्ययन कार्यबाट सामग्री सङ्कलन गरिएको प्रस्तुत अध्ययनमा पाठविश्लेषणका लागि निगमनात्मक विधि अवलम्बन गरिएको छ । प्रस्तुत शोध्य कथामा वादी समुदायका नारीहरू जीवन धान्नकै लागि यौन व्यवसाय गर्न बाध्य पारिएका र उनीहरूको बाध्यतालाई पितृसत्ताको प्रतिनिधित्व गर्ने पुरूषहरूले विभिन्न अवस्थाबाट उपभोग गरिरहेको देखाइएको छ । यस अध्ययनले कथामा नारी शरीरको वस्तुकरण गरी पुरूषबाट भएको शोषण र विभेदको अवस्थाको प्रतिरोध गर्दै स्वअस्तित्वको खोजी गर्ने नारी चेतनाको विकास हुन पुगेको निष्कर्ष प्रस्तुत गरेको छ ।

Downloads

Download data is not yet available.
Abstract
48
PDF
115

Downloads

Published

2023-05-02

How to Cite

गर्ताैला Gartaula स. S. P. (2023). घोराही शून्य किलोमिटर कथामा शरीर राजनीति {Body Politics in The Story "Ghorahi Zero Kilometer"}. The Educator Journal, 11(1), 61–69. https://doi.org/10.3126/tej.v11i1.54452

Issue

Section

Articles