कक्षा नौमा अध्ययनरत विद्यार्थी हरूको भाषा सिकाइ उपलब्धि परीक्षण {Language Learning Achievement Test for Class 9 Students}

Authors

  • महेशप्रसाद Mahesh Prasad भट्ट Bhatta सानोठिमी क्याम्पस, त्रिभुवन विश्वविद्यालय, सानोठिमी भक्तपुर Sanothimi Campus, Tribhuvan University, Santothimi Bhaktapur
  • कष्णप्रसाद Krishna Prasad पाेखरेल Pokharel नेपाल संस्कृत विश्वविद्यालय Nepal Sanskrit University

Keywords:

भाषा संरचना, भाषा सिकाइ क्षमता, माध्यमिक शिक्षा, संज्ञानात्मक क्षेत्र, मनोक्रियात्मक क्षेत्र, Language Structure, Language Learning Ability, Secondary Education, Cognitive Field, Psychoactive Zone

Abstract

प्रस्तुत लेख विद्यार्थीहरूको भाषा सिकाइ उपलब्धि क्षमताको परीक्षणमा केन्द्रित छ । यस लेखमा माध्यमिक तह अन्तर्गत मूलतः कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको भाषा सिकाइ क्षमताको परीक्षण गरी सिकाइ उपलब्धिको विश्लेषणसमेत गरिएको छ । प्रस्तुत लेखको उद्देश्य कक्षा नौमा अध्ययनरत विद्यार्थीहरूको भाषा सिकाइ क्षमता पत्ता लगाउनु रहेको छ । यस लेखको तयारीका क्रममा परिमाणात्मक अनुसन्धान ढाँचाको अनुप्रयोग गरिएको छ । यसमा स्थलगत अध्ययन पद्धतिको प्रयोग गरी सामग्री सङ्कलन गरिएको छ । यस लेखको तयारीका क्रममा प्राथमिक र द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरिएको छ । भाषा सिकाइ क्षमता सम्बन्धी जम्मा १६ पूर्णाङ्कको प्रश्नावली निर्माण गरी सामुदायिक र संस्थागत गरी चार विद्यालयका जम्मा ८० जना विद्यार्थीमा निर्मित प्रश्नावली परीक्षण गरी प्राप्त तथ्याङ्कको विश्लेषण गरिएको छ । विश्लेषण गर्दा विद्यार्थीहरूमा भाषा सिकाइ उपलब्धि (भाषातत्व पहिचान, प्रयोग र पठनबोध) क्षमता मध्यम खालको रहेको निष्कर्ष प्राप्त भएको छ । प्रस्तुत लेखले निर्दिष्ट विषय क्षेत्रमा अध्ययन, अनुसन्धान गर्न चाहने तथा यस विषयमा सरोकार राख्नेहरूलाई नीतिगत तथा प्रयोगात्मक तहमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।

Abstract
276
PDF
0

Downloads

Published

2023-05-02

How to Cite

कक्षा नौमा अध्ययनरत विद्यार्थी हरूको भाषा सिकाइ उपलब्धि परीक्षण {Language Learning Achievement Test for Class 9 Students}. (2023). The Educator Journal, 11(1), 33-42. https://doi.org/10.3126/tej.v11i1.54446

Issue

Section

Articles

How to Cite

कक्षा नौमा अध्ययनरत विद्यार्थी हरूको भाषा सिकाइ उपलब्धि परीक्षण {Language Learning Achievement Test for Class 9 Students}. (2023). The Educator Journal, 11(1), 33-42. https://doi.org/10.3126/tej.v11i1.54446