नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}

Authors

  • रामशरण Ramsharan बानियाँ Baniya गोरखा क्याम्पस,त्रिभुवन विश्वविद्यालय,गोरखा Gorkha Campus,Tribhuvan University, Gorkha

DOI:

https://doi.org/10.3126/tej.v11i1.54419

Keywords:

एकीकरण, बिर्ता, तपोभूमि, निर्वासित, सरदार, दस्ताबेज, Unification, Birta, Tapobhoomi, Exiletion, Sardar, Document

Abstract

ऋषिमुनिहरूको तपोभूमि तथा पृथ्वीनारायण शाह र राम शाह जस्ता राजाहरू जन्माउने गोरखा जिल्लामा छ थर र १२ थरमध्येका बानियाँ वंशजले नेपालको एकीकरण कार्यमा द्रव्य शाहको समयदेखि नेपाल अङ्ग्रेज युद्धसम्मको भूमिकाको खोजी यस लेखमा गरिएको छ । नेपालको एकीकरण कार्यमा बानियाँ वंशजले कस्तो भूमिका निर्वाह गरे, गोरखा दरवारमा रहेको गोरखकालीको पूजाआजामा बानियाँ वंशजको भूमिका, पृथ्वीनारायण शाहलाई बचाउन खेलेको भूमिका, बानियाँहरू अनुशासन तथा कर्तव्यपरायण रहेको, उनीहरूको वीरता, राजालाई आवश्यकपरेको बेला राय सल्लाहका साथै स्वदेशी तथा विदेशी युद्धमा गोरखाका बानियाँहरूको योगदानको बारेमा वर्णन गर्ने जमर्को यस लेखमा गरिएको छ । पुस्तकालयीय स्रोतका सामग्रीलाई सामग्रीलाई मुख्य आधार बनाएर अन्वेषणात्मक विधिका माध्यमबाट ऐतिहासिक तथ्यको खोजी गरिएको छ । प्राप्त सूचना, तथ्य र जानकारी अनुसार कर्णाली प्रदेशको सिञ्जामा मूल थलो रहेका बानियाँहरूले गोरखामा शाहवंशीय राज्य स्थापना, लिगलिगकोटबाट द्रव्य शाहलाई गोरखा ल्याउने तथा गोरखाबाट पृथ्वीनारायण शाह तथा उनका सन्ततिको विश्वासपात्रका रूपमा विभिन्न पदमा रही इमानदारी र वीरतापूर्वक नेपालको एकीकरणको अभियानमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।

Downloads

Download data is not yet available.
Abstract
52
PDF
58

Author Biography

रामशरण Ramsharan बानियाँ Baniya, गोरखा क्याम्पस,त्रिभुवन विश्वविद्यालय,गोरखा Gorkha Campus,Tribhuvan University, Gorkha

उप–प्राध्यापक Lecturer

Downloads

Published

2023-05-02

How to Cite

बानियाँ Baniya र. R. (2023). नेपालको एकीकरणमा बानियाँ वंशको योगदान {Contribution of Baniya Dynasty in Unification of Nepal}. The Educator Journal, 11(1), 1–5. https://doi.org/10.3126/tej.v11i1.54419

Issue

Section

Articles