'अन्तिम सेलो' कवितामा बिम्बविधान

Authors

  • Bhoj Raj Shrestha नेपाल संस्कृत विश्वविद्यालय

Keywords:

पहिचान, प्रतीक, बिम्ब, बिम्बात्मक, संस्कृति

Abstract

प्रस्तुत अध्ययन इन्दु नेपाल योञ्जनको अन्तिम सेलो कवितासङ्ग्रहमा सङ्कलित कविताहरूको बिम्बविधान समीक्ष्यमा आधारित छ । कवि इन्दु नेपाल योञ्जनले आफ्ना कवितामा विविध बिम्बको प्रयोग गरेका  छन् । उनले आफ्ना कविताहरूमा विभिन्न विषयक्षेत्रका बिम्बहरूलाई प्रयोग गरेका छन् । बिम्बले कवितालाई लालीत्य तथा चित्रात्मक बनाउन भूमिका खेल्छ । उनले बिम्बात्मक अभिव्यक्तिमार्फत आफ्ना कवितालाई सुन्दर र काव्यिक बनाएका छन् । यस अध्ययनमा अन्तिम सेलो सङ्ग्रहलाई विश्लेष्य कृतिका रूपमा लिइएको छ र यो प्राथमिक सामग्रीका रूपमा रहेको छ । बिम्बका विषयमा लेखिएका  लेख  तथा  पुस्तकहरू  द्वितीयक  सामग्रीका  रूपमा रहेका  छन् ।  गुणात्मक  प्रकृतिको  यस  अध्ययनमा  व्याख्यात्मक  तथा  विश्लेषणात्मक  विधि अवलम्बन गरिएको छ । विवेच्य कवितासङ्ग्रहमा कस्तो बिम्ब-योजना छ र यसमा केकस्ता बिम्बहरूको प्रयोग गरिएको छ भन्ने विषयलाई यस अध्ययनमा विश्लेषण गरिएको छ । कविता सङ्ग्रहमा सङ्कलित केही कविताहरूमा उनले विभिन्न प्रकारका बिम्बहरूको प्रयोग गरेको देखिन्छ । उनले कवितामा प्रयोग गरेका ती बिम्बहरू जीवन र जगत्का विविध विषयक्षेत्रहरूसँग सम्बन्धित छन् । कवि नेपालले नेपाली ग्रामीण पहाडी जीवनको सग्लो चित्र कोर्ने क्रममा कतिपय कवितामा पहाडी प्रकृति र दिनचर्यालाई बिम्बात्मक रूप दिएका छन् । यसैका आधारमा  निष्कर्ष निकालिएको छ ।

Abstract
1
PDF
0

Author Biography

Bhoj Raj Shrestha, नेपाल संस्कृत विश्वविद्यालय

अध्यापक - नेपाली

Downloads

Published

2026-06-30

How to Cite

’अन्तिम सेलो’ कवितामा बिम्बविधान. (2026). शोधसुधा Shodh Sudha, 4(05), 84-90. https://doi.org/10.3126/ss.v4i05.96271

Issue

Section

Articles

How to Cite

’अन्तिम सेलो’ कवितामा बिम्बविधान. (2026). शोधसुधा Shodh Sudha, 4(05), 84-90. https://doi.org/10.3126/ss.v4i05.96271