जनताको बहुदलीय जनवादमा प्रजातान्त्रिक आयामहरूको विश्लेषण
Keywords:
आर्थिक नीति, कानुनको शासन, जबज, प्रजातन्त्र, शासनAbstract
प्रस्तुत अनुसन्धनात्मक लेखमा जनताको बहुदलीय जनवाद र प्रजातान्त्रिक मानकका सर्वोत्तम सूचकहरूको बीचमा तुलना गरी तयार गरिएको छ । जनताको बहुदलीय जनवाद नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादीको राजनीतिक घोषणा हो । उक्त दलले जनताको बहुदलीय जनवादलाई आफ्नो दलको सैद्धान्तिक कार्यक्रमकै रूपमा लिएको छ । प्रजातन्त्र जन-अनुमोदनकारी शासकीय व्यवस्था हो । जनताको सर्वाधिक सहभागितामा जन-अनुमोदित शासकीय अवधारणा र आचरण नै प्रजातन्त्र हो । मानव अनुभवका सर्वाधिक विकसित शासकीय मान्यताका आधारमा जनताको बहुदलीय जनवादको तुलना र विश्लेषण यस लेखको मुख्य विषयवस्तु हो । प्रस्तुत आलेखलाई निष्कर्षमा पुर्याउनका लागि विषयवस्तुविश्लेषण विधिको प्रयोग गरिएको छ । यहाँ जनताको बहुदलीय जनवादलाई प्रजातन्त्रका स्वीकार्य सूचकहरूका आधारमा आपसमा तुलना र विश्लेषण गरिएको छ । सारमा प्रजातन्त्रका खास सूचक र जनताको बहुदलीय जनवादमा व्यवस्थाहरू तुलना र विश्लेषण गर्दा यिनीहरू आपसमा तुलनायोग्य देखिएका छन् ।